×

NMB BANK
NIC ASIA

मोदीको जनकपुर भ्रमण–४ अर्बको परियोजना घोषणा हुने सम्भावना

बैशाख २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २० वैशाख– भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा वैशाख २८ गते जनकपुर आउँने कार्यक्रम रहेको छ । उनको स्वागतको लागि जनकपुरमा तयारी गरिएको छ । 

Muktinath Bank

जनकपुर भ्रमणका क्रममा मोदीले उक्त क्षेत्रको पूर्वाधार विकासमा विशेष प्याकेज घोषणा गर्न सक्ने अनुमान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीले भ्रमणका क्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको ४ अर्ब रकमको परियोजना घोषणा गर्नसक्ने सम्भावना उच्च रहेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

परिषद्का प्राबिधिक इन्जिनियर बिमलेश साहका अनुसार जनकपुरको विकासका लागि बृहत्तर जनकपुरले तयार पारेको योजना भ्रमणका क्रममा मोदबाट स्वीकृत हुने सम्भावना प्रबल छ । 

Vianet communication
Laxmi Bank

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरीसँग जनकपुर विकास परिषद् अध्यक्ष शालिग्राम सिंहले भेट्दा पुरीले परियोजना तयार गरेर पेश गर्न आग्रह गरेका थिए । पुरीले नै पेश गर्न आग्रह गरेका कारण परिषद्ले पेश गरेको योजना मोदी भ्रमणका क्रममा स्वीकृत हुनेमा परिषद् पदाधिकारी आशावादी छन् । 

‘त्यसकै स्वीकृतिका लागि पहल गर्न हाम्रो अध्यक्ष सिंह बिगत केही दिनदेखि भारतको हरिद्वार पुग्नु भएको छ’इन्जिनियर साहले लोकान्तरसँग भने,‘ भारतीय राजदूत पुरीलेसमेत आश्वासन दिएकाले उक्त परियोजना घोषणा हुन सक्ने सम्भावना छ ।’

पुरीले जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको योजना दूतावास मार्फत भारतीय प्रधामन्त्रीकहाँ पुर्‍याएका छन् ।

के छ परियोजनामा ?

मिथिला परिक्रमा हुने मार्गमा धनुषा र महोत्तरीको प्रत्येक पडाव  स्थलहरूमा कुल १७ करोड ४३ लाखको लागतमा सुबिधा सम्पन्न अत्याधुनिक धर्मशाला निर्माण गरिने योजना रहेको साहले बताए । 

उक्त परिक्रमाका दौरान धनुषाको जनकपुर, धनुषाधाम, सतोषर ,औरही र पर्बत्ता तथा महोत्तरीको मटिहानी,मडई, जलेश्वर,ध्रुबकुण्ड र कंचनबन गरी कुल ११ वटा स्थलहरू(पडाव) छन् भने भारतको समेत ४ वटा पडाव स्थलहरू पर्दछन् ।

परिक्रमा स्थलमा आधुनिक धर्मशाला 

बृहत्तर जनकपुरले तयार गरेको परियोजना अनुसार प्रत्येक पडावमा निर्माण गरिने धर्मशालामा  ४४ वटा कोठाहरू, प्रत्येक कोठामा अटयाच्ड बाथरूम, दुई वटा म्युजियम, २ वटा मीटिंग हल ,२ वटा खुल्ला हल, ४ वटा भर्यांग, बाहिर कमन १६ वटा बाथरूम, बीचमा एउटा मन्दिर निर्माण गरिने छ । ३१ हजार २ सय १० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने उक्त धर्मशालाको नाम रामजानकी धर्मशाला राखिने छ । भुई र पहिलो तलको निर्माण हुने धर्मशालाको कुल लागत २ सय करोड नेपाली रुपियाँ अनुमान सहितको अनुमान र डिजाईन पेश गरिएको छ ।

अयोध्यादेखि जनकपुरसम्म ६ लेनको सडक 

भारतको अयोध्यादेखि जनकपुरधामसम्म सडक जोड्ने योजनासमेत उक्त प्रतिवेदनमा पेश गरिएको छ । भारतको अयोध्यादेखि सीतामढी–भिठामोड्देखि जलेश्वरहुँदै जनकपुरसम्म ६ लेनको सडक निर्माण गरिने प्रस्ताव गरिएको छ । यसका अतिरिक्त भारतको सीतामढीमा एउटा भव्य जानकी मन्दिर निर्माण गरिने योजना समेत प्रस्तुत गरिएको बृहत्तर जनकपुरका प्राबिधिक साहले लोकान्तरलाई बताए ।

जनकपुरका सागरहरू जोडिने

जनकपुरको जानकी मन्दिरलाई केन्द्रबिन्दु मानेर जानकी मदिर वरपर रहेका बिभिन्न ५ वटा सागरहरु जोड्ने योजना समेत परियोजनामा समाबेश गरिएको छ । जनकपुरका गङ्गा सागर, धनुष सागर, तेलहा , मडाहा, अंगराजसरलाई जोडेर जल बिहार गर्ने योजना समेत समाबेश गरिएको उनले जानकारी दिए । 

जनकपुरमा धार्मिक भ्रमणका साथसाथै करिब डेढ किलोमिटर जलबिहार गर्नका लागि लाखौं ष्र्यटक जकपुर भित्र्याउन सकिने छ । यसरी कुल ४ सय करोडमा तीन वटा अलग अलग योजना सहितको परियोजना भारतीय राजदूतलाई यसअघि नै दिइसकिएको छ । अब मोदीले उक्त प्रस्ताव अनुसार नै सहायता घोषणा गर्न सक्ने आकलन गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x