×

NMB BANK
NIC ASIA

मोदीको जनकपुर भ्रमणमा गृहमन्त्रीलाई सुरक्षा अवस्थाबारे ‘ब्रिफिङ’ गर्ने संदिग्ध !

बैशाख २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २३ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ १८ बैशाखमा जनकपुर आएका थिए । सुरक्षा निकायका चारवटै अंगका प्रमुख तथा गृह सचिब समेतको टोली लिएर मन्त्री थापा हेलिकप्टरबाट जनकपुर आएका थिए । 

Muktinath Bank

जनकपुरको बाह्रबिघा मैदानमा मन्त्री थापाको हेलिकप्टर अवतरण भएसंगै एक जना व्यक्तिको सक्रियता बढ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाका सुरक्षा अधिकारीहरूले सुरक्षा अवस्थाबारे ब्रिफ गर्नुपर्नेमा ती अनधिकृत व्यक्तिले मन्त्री थापासहितको टोलीलाई सुरक्षाअवस्थाबारे बिफ्रिङ थाले । त्यो दिन बाह्रबिघा मैदानमा सुरक्षाकर्मी, पत्रकार र वीरगंजस्थित भारतीय बाणिज्य दूतावास र राजदूतावासबाट खटिएकालाई मात्र प्रवेश गर्न दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

अचम्म त के थियो भने ति संदिग्ध व्यक्ति मन्त्री थापाको टोलीका सदस्य जस्तै देखिन्थे । पहिरन हेर्दा भने उनी भारतीय सुरक्षा टोलीका सदस्य हुन् भन्ने अनुमान गर्न सकिन्थ्याे । तर, उनले मन्त्री थापालाई नेपाली भाषामै ब्रिफ गरिरहेका थिए । यतिसम्म भयो कि बाह्रबिघा मैदानबाट जानकी मन्दिरसम्म जाँदा ती व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । जानकी मन्दिर पुग्ने बित्तिकै फेरि त्यहाँ पनि उनले ब्रिफिङ गर्न थाले ।

Vianet communication
Laxmi Bank

जानकी मन्दिरबाट जिल्ला प्रहरी कार्यालय धनुषा पुग्दा पनि ति संदिग्ध व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । जिल्ला प्रहरी कार्यालय पुग्दा सुरक्षा रणनीति तय गर्न बोलाईएको बैठक कक्षमा समेत उनी प्रवेश गर्न खोजेका थिए तर, धनुषा प्रहरी प्रमुख चक्रबहादुर सिंहले उनलाई बाहिर आफ्नो कक्षमा बस्न लगाए । त्यहाँ पत्रकार सम्मेलनलाई मन्त्री थापाले सम्बोधन गरिसकेपछि मन्त्री थापाको टोली हेलिकप्टर भएको ठाउँ बाह्रबिघा जान लाग्दा पनि ति संदिग्ध व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । यी सबै गतिविधिलाई धनुषाका एसपी सिंहले नोटिस भने गरिरहेका थिए ।

सुरुमा माथि (केन्द्र)बाटै टोलीमा आएको हुन सक्ने बुझेर उनले केही पनि गरेनन् । गृहमन्त्रीको सुरक्षामा खटिएको टोलीले पनि उनलाई मन्त्रीको गाडीमा चढ्न नरोकेपछि उनलाई धनुषा प्रहरीले रोक्ने  कुरै भएन । त्यसपछि एसपी सिंहले गृहमन्त्रीसँग अघिपछि गर्दै कुदीरहेका व्यक्ति बारे निश्चित गर्न मन्त्री थापाको सुरक्षामा खटिएको टोलीसँग बुझे । एसपी सिंहले उनी मन्त्रीसँग आएको सदस्य नभएको धेरैपछि मात्र थाहा पाए । 

त्यसपछि उनी भारतीय सुरक्षा टोलीका सदस्य हुनसक्ने आकलन गरियो । त्यो आकलन पनि त्यतिबेला फिक्का बन्यो जतिबेला एसपी सिंहलाई भारतीय महावाणिज्य दूत बिसी प्रधानले संदिग्ध व्यक्ति भारतीय टोलीका सदस्य नरहेको स्पष्ट पारे । 

जब गृहमन्त्री थापाको टोली हेलिकप्टर चढ्ने शुरु गरे ती संदिग्ध व्यक्ति पनि हेलिकप्टर चढ्न खोज्दै थिए । उनी हेलिकप्टर चढ्न लागेको बेलामा एसपी सिंहले उनलाई आफूभएको स्थानमा बोलाए र उनलाई नियन्त्रणमा लिए । 

पहिचान खुल्यो

पक्राउ परे पछि उनको पहिचान खुल्यो । ती संदिग्ध व्यक्ति सिरहाको मिर्चैया नगरपालिका  १० का  ४० वर्षीय जीवन साह तेली रहेछन् । उनी जनकपुरकै किशोरी नगरमा डेरा लिएर बसिरहेको खुलेपछि प्रहरीले उनको कोठाको खानतलासी गर्‍यो । खानतलासीका क्रममा उनको कोठाबाट बिभिन्न कागजपत्र र फाईलहरू प्रहरीले बरामद गर्यो ।

तेलीले बिभिन्न जिल्लाका करिब २५ जनाको नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, लगायतका प्रतिलिपि संकलन गरेर राखेको खानतलासीको क्रममा फेला परेको प्रहरीले जनाएको छ ।

विश्व हिन्दू समाजको नामका चन्दाका ठेलीहरू बरामद भयो । ‘तेलीले आफूलाई लोकतान्त्रिक पार्टी नेपालको अध्यक्ष भनेर बिभिन्न व्यक्तिलाई पत्राचार गरेको देखिन्छ, तर त्यो पार्टी पनि नक्कली पार्टी रहेको देखिन्छ,’ एसपी सिंहले भने,‘अहिलेसम्म गरिएको प्रारम्भिक अनुसन्धानबाट भीआईपी व्यक्तिहरूसँग बसेको फोटो खिचाउने, आफ्नो प्रभाव देखाएर अरुलाई सजिलै ठग्ने गरेकोे देखिन्छ ।’ 

प्रहरीका अनुसार तेलीको नाउँमा बिटमिन ट्रेड एन्ड सप्लायर्स कम्पनीसमेत दर्ता रहेको प्रमाणपत्र फेला परेको छ, दर्जनौं म्यानपावर कम्पनीमा आबद्ध भएको देखिन्छ ।

२०७० सालको संविधानसभाको चुनावमा लोकतान्त्रिक पार्टीको अध्यक्षको हैसियतले देशभर बिभिन्न व्यक्तिहरूलाई भाग लिन लगाएको,  बिभिन्न व्यक्तिहरू सँग रकम लिएर ठगी गरि भुमिगत भएको भन्दै पर्चासमेत फेला परेकोले उनले धेरैलाई ठगेको हुनसक्ने प्रहरी अनुमान छ । एसपी सिंहले लोकान्तरसंग भने,‘हामी अब सिरहाकाे प्रहरीसंग समेत समन्वय गरेर उनको बिगतका अपराधबारे अनुसन्धान गर्ने छौं ।’

गृहमन्त्रीको फितलो सुरक्षा !

गृहमन्त्रीको स्कर्टिङ गाडीमा पुग्न उनी सफल भए भन्ने विषय निकै गम्भीर छ । सुरक्षा अधिकारीजस्तै भएर जिल्लाको अवस्था उनले बिफ्रिङ गरे, गृहमन्त्रीसँगै हेलिकप्टरमा चढेर काठमाडौं जाने प्रयास गरे, जुन समान्य विषय होइन । कडा सुरक्षा अवस्थाको प्रबन्ध गरिएको भनिए पनि जीबन साह तेलीले सुरक्षा घेरा पार गरेर यतिसम्म गर्न सफल हुनुले सुरक्षा ब्यबस्था माथि प्रश्न चिह्न उठेको छ ।

यस प्रकरणमा गृह मन्त्रीको पीएसओ समेतको लापरबाही प्रष्ट देखिन्छ । धनुषाका एसपीले सुरुदेखि नै उनीमाथि निगरानी राख्दै आएका कारण उनी पक्राउ पर्न सफल भए तर । कुनै अपराधी वा शार्प शूटर वा कन्ट्रयाक्ट किलर भएको भए के हुने थियो ? जिल्लाबासीले प्रश्न गरेका छन् ।

यो पनि पढ्नुहोस्

सिंहदरबारमा ‘बादल’को चुपचाप क्रान्ति !

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x