पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडौं, २६ वैशाख– नेपालमा पश्चिमा सभ्यता र संस्कारको प्रभाव नजानिँदो ढंगले बढ्दैछ । विश्वव्यापीकरणको प्रभावस्वरूप नयाँ पुस्ता नेपाली मौलिकता बिर्सिएर विदेशी संस्कृतिमा रमाउन थालेको छ । केही वर्ष अघिसम्म पनि बालबच्चाको जन्मदिनमा केक काटिँदैनथ्यो । अहिले केक नकाटी जन्मदिन मनाएको नै मानिन छाडेको छ ।
केक कल्चर शहरदेखि गाउँसम्म पुगेको छ । बालबालिकाले मान्यजनलाई नमस्कार गर्न बिर्सिसके, जन्मदिनमा केक काट्नु ध्रुवसत्य ठान्न थाले । बालबालिकाको जन्मोत्सवमा मात्र होइन, विवाहको वार्षिकोत्सव लगायतमा पनि केक काटिन थालेको छ ।
केही वर्ष अघिसम्म घर परिवारमा मात्र समिति केक संस्कृति अहिले संस्थागत हुँदैछ । सरकारी कार्यालयमा पनि केक संस्कृतिले जग गाड्दै गरेको देखिन्छ । सोमवार दुईवटा सरकारी कार्यालयमा केक काटियो ।
राष्ट्रिय सुरक्षा परिषद्को स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले केक काटे । प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई केक काटेर खुवाएको तस्वीर चर्चाको विषय बन्यो । सोमवार नै अर्को एक सरकारी कार्यालयमा पनि त्यसैगरी केक काटियो ।
प्रधामनन्त्री बनेर बालुवाटार गएको केहीदिनमै ओलीले फागुन ११ मा ६७औं जन्मदिन मनाए । अध्यक्ष ओलीको जन्मदिनको अवसर पारेर एमालेले बालुवाटारमा केक काट्यो । ओलीलाई जन्मदिनको बधाइ दिन भारतीय राजदूत मञ्जिभ सिंह पूरी पुष्पगुच्छा लिएर बालुवाटार पुगे ।
स्थायी समितिको बैठक चलेको समयमा माधवकुमार नेपालको बर्थडे मनाइयो । केहीदिन पहिले बयोवृद्ध नेता भरतमोहन अधिकारीको जन्मोत्सवको दिन पनि बालुवाटारमा केक काटियो ।
भरतमोहनको पुस्तक विमोचनसंगै केक पनि काटियो । जन्मदिनमा केक कट्ने प्रचलन बालबालिकामा सीमित रहन छाड्यो ।
केही वर्ष अघिसम्म सरकारी कार्यालय र निकायको वार्षिकोत्सव कार्यक्रममा पानसमा बत्ती बाल्ने प्रचलन थियो । पानसमा बत्ती बाल्नेदेखि गमलामा रोपिएको बिरुवामा पानी हाल्ने र मैनबत्ती बाल्ने पुरानो प्रचलन हो । जनतालाई सेवा सुविधा दिने मामिलामा पञ्चायकतालीन कार्यशैली कायमै रहे पनि सरकारी कार्यालयले समेत वार्षिकोत्सव कार्यक्रममा केक काट्ने पश्चिमा शैली भित्र्याएका छन् ।
वार्षिकोत्सवमा केक काट्ने प्रचलन पाचीन ग्रीसबाट शुरु भएको मानिन्छ । नेपालमा पनि जन्मोत्सव, वैवाहिक वर्षगाठ र उत्सवहरूमा केक काट्ने प्रचलन बढ्दै गएको छ ।
वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ केट काट्ने प्रचलन नेपाली मौलिक संस्कृति नभएको बताउँछन् । ‘उत्सवहरूमा केक काट्ने आयातित संस्कृति हो, हामीले मौलिक र रैथाने परम्परालाई जोगाउनुपर्छ,’ गुरुङले लोकान्तरसँग भने, ‘उत्सवहरूमा बालेको बत्ती निभाइँदैन ।’
जन्मोत्वसमा केक काट्ने र मैनवत्ती निभाउने परम्परा नेपाली मौलिक संस्कृतिविपरीत भएको गुरुङको तर्क छ । ‘तमसोमा ज्योतिर्गमय’ भन्ने त नेपाली संस्कार हो । अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने’ उनले भने । बत्तीलाई श्वासले निभाउन नहुने पनि नेपाली परम्परा छ ।
‘शिवरात्रिको दिनमा नेपाली सेनाको दिवस मनाउने गरिन्छ । सुरक्षा परिषद् पनि सेनासँग जोडिएको विषय हो,’ गुरुङ भन्छन्, ‘नेपाली सेनाका गण र गुल्म नै देवीदेवताको नामबाट राखिएको छ भने सुरक्षापरिषद् जस्तो ठाउँमा पश्चिमा संस्कृतिलाई बढवा दिनु उचित होइन ।’
माओवादीले कहाँबाट ‘उपद्रो’ सिके !
गत वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा पनि सुरक्षा परिषद्को वार्षिकोत्सवमा यसैगरी केक काटिएको थियो ।
पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी सरकारी कार्यालयमा केक काट्ने प्रचलन नेपाली मौलिकता नभई पश्चिमा संस्कृतिको प्रभाव भएको ठान्छन् ।
‘म सात महिना उपप्रधानमन्त्री हुँदा कयौँ कार्यक्रम उद्घाटनमा गए, कतै केक काटेको जानिनँ,’ गत वर्ष प्रचण्डले केक काटेको विषयमा प्रश्न गर्दा केसीले भनेका थिए, ‘माओवादीले कहाँबाट उपद्रो सिके, सरकारी कार्यालयमा केक काटेको कुरा त पहिलो पटक सुनेँ ।’
पश्चिमा संस्कृतिले समाजमा जरो गाड्दै गएकोमा उनको चिन्ता छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...