×

NMB BANK
NIC ASIA

आगामी वर्ष सन २०१९ मा हुने संसदीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को विजय र दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बर माग्न नेपाल आउन लागेका ‘धार्मिक पर्यटक’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा भव्य स्वागत र नागरिक अभिनन्दन गरिँदै छ । मोदी आउने भनेपछि काठमाडौंका सडक टालिएका छन् । अरु बेला काम नगरी तलब खाइरहेका नगरपालिकाका कर्मचारीदेखि राजपाका नेता राजेन्द्र महतोसम्म सडकमा कुचो लिएर सफाइमा जुटेका छन्, मोदीको स्वागतका खातिर । मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने सरकारी तरखरबीच आम नागरिकमा भने एउटा प्रश्न उब्जेको देखिन्छ, नागरिकस्तरमा अभिनन्दन गर्न लागए गुन मोदीले के योगदान गरेका थिए ? देशका २४ जना प्रबुद्ध व्यक्तिले त सरकारी स्तरमा गरिने अभिनन्दनदलाई ‘नागरिक अभिनन्दन’ नभन्न सार्वजनिक अपिल गरिरहेका छन् ।

Muktinath Bank

सामाजिक सञ्जालहरूमा मोदीलाई अभिनन्दन गर्ने कुराको चर्को विरोध भइरहेको छ । ट्वीटरमा ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ट्रेण्डिङ नेपालतर्फ पहिलो नम्बरमा छ । भारतीय नाकाबन्दीको समयमा जनताले पाएका कष्टका पुराना तस्वीरले ती कहालिलाग्दा दिनको स्मरण गराएको छ । आफ्नो संविधान बनाएको विषयलाई रसानिक हतियार प्रयोग गरेको जस्तोगरी गरिएको नाकाबन्दी इतिहासको बिर्सन नसकिने घटना हो । सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिलाई अहिले जनमत मापनका रूपमा लिइन्छ । मोदी विरोधको जनमत बुझ्न जनता सडकमै आउनु पर्दैन । सामाजिक सञ्जालको बल मोदीले बुझेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीको रूपमा पहिलो नेपाल भ्रमणको समयमा संसदमा गरेको सम्बोधनमा जस्तै सायद मोदीले यसपटक पनि भाषणमा केही गुलिया आश्वासन दिनेछन् । संसदको रोस्टममा उभिएर मोदीले दुई शब्द नेपालीमा बोलेर झुठा आश्वासनका पुलिन्दा बाँढ्दा हाम्रा सांसदहरूले बनेश्वरका सडकमा आवाज सुनिने गरी ताली बजाए, बेञ्च ठटाए । त्यो संसद सम्बोधनमा मोदीले के मात्र भन्न छुटाएका थिए र ? पानी र जवानीका कुरा गरे । नेपालका जडिबुटी नेरु र भारुमा होइन डलरमा बेच्ने कुरा गरे । बिडम्बना एकबर्ष नबित्दै नाकाबन्दी लगाए । नेपाललाई गौतमबुद्धको देश भने ती कति दिन टिके ? भारतमा गएर गौतम बुद्ध भारतमा जन्मेका हुन् भने । यसपटक मोदीले दिल्ली टू काठमाडौं रेल र पानी जहाजको कुरा गरेर रल्ल बनाउने होलान् ।


Advertisment
Nabil box
Kumari
मोदी लडाइँमा प्रयोग हुने सेनाको हेलिकप्टर प्रयोग गरेर ‘जस्केल’ ढोकाबाट नेपाल प्रवेश गर्दैछन् । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार बाह्य देशको प्रधानमन्त्रीले अरु देशको भ्रमण राजधानीबाट शुरु गर्ने प्रचलन छ । मोदी सिधै जनकपुर आउँदैछन् । उनले आफूलाई कूटनीतिक सीमाभन्दा माथि राख्न खोजेको देखिन्छ ।

बिरामीको औषधि र स्लाइन पानी समेत बन्द गर्नेगरी नेपालमाथि नाकाबन्दी लगाइएको तीन वर्ष पूरा भएको छैन । २०७२ असोज ३ गते नेपाललले संविधान जारी गरेको निहुँमा ६ गतेदेखि नै नेपालमाथि नाकाबन्दी गरिएको थियो । औषधि, खाना पकाउने इन्धन लगायत अत्यावश्यक सामानमाथि गरिएको त्यो क्रुर नाकाबन्दीको त्रासदी नमेटिँदै मोदीलाई तामझामपूर्ण स्वागत गरिएकोमा आम जनको मन खुसी छैन ।

Vianet communication
Laxmi Bank

नेपाल भ्रमणमा आउन चाहने छिमेकी देशका प्रधानमन्त्रीलाई स्वागत गर्नु सरकारको दायित्व हो, यो कूटनीतिक परम्परा हो । गतवर्ष मात्र दोक्लम क्षेत्रमा युद्ध भड्किने अवस्था थियो, तर दुई साता पहिले मात्र चिनियाँ राष्ट्रपति सी जिनपिङले यिनै मोदीलाई बेइजिङमा न्यानो स्वागत गरे । उसो त चीनसँग भारतको ‘वाकयुद्ध’ मात्र भएको थियो, न चीनले न भारतले एअ आर्कोमाथि नाकाबन्दी थोपरेका थिए । भूकम्पले थिलथिलो भएको नेपालमा लगाइएको नाकाबन्दीको पीडा यो पुस्ताले चाहेर पनि बिर्सन सक्दैन । आम जनको प्रश्न छ, त्यत्रो अमानवीय नाकाबन्दीबारे माफी नमागी नागरिक अभिनन्दन गर्न मिल्छ ?

मोदी भ्रमणको सुरक्षा अवस्था मजबुत बनाउन जनकपुर गएका गृहमन्त्री रामबहादुर थापाले भ्रमण ‘धार्मिक’ हुने भनेर जनाइसकेका छन् । सामान्यतया विदेशी प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने परम्परा छ । तर मोदी लडाइँमा प्रयोग हुने सेनाको हेलिकप्टर प्रयोग गरेर ‘जस्केल’ ढोकाबाट नेपाल प्रवेश गर्दैछन् । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार बाह्य देशको प्रधानमन्त्रीले अरु देशको भ्रमण राजधानीबाट शुरु गर्ने प्रचलन छ । मोदी सिधै जनकपुर आउँदैछन् । उनले आफूलाई कूटनीतिक सीमाभन्दा माथि राख्न खोजेको देखिन्छ । प्रदेश २ को सरकारलाई काबुमा राख्न भारतीयहरू गैर कूटनीतिक प्रयास गर्दैछन् । प्रदेश सरकारले पनि मोदीको अभिनन्दनमा ‘अतिरिक्त’ चासो देखाइरहेको छ । पर्यटन प्रबद्धनमा असर पर्ने गरी प्रख्यात अन्नपूर्ण पदमार्गमा पर्यटक आवागमनमा अवरोध सिर्जना गरिएको छ ।

मोदीलाई गर्न लागिएको भनिएको नागरिक अभिनन्दनको चर्को विरोध भइरहँदा उनको स्वागतमा अनिवार्य उपस्थित हुन प्रदेश सरकारका मन्त्रीले उर्दी जारी गरेका छन् । जनकपुरमा गरिने अभिनन्दनमा मोदीलाई श्रेष्ठतम् मानव मूल्यमा आधारित राजनैतिक संस्कृतिको उद्घोषक तथा युग पुरुष, संघीय गणतन्त्रात्मक लोकतन्त्रको ‘लौह ध्वजाधारी’ र पौरवर्तय मनिषी परम्पराका मनस्वी साधक जस्ता कयौं उपमा र विशेषण दिइएको छ । मोदीको गुनगान गाइएको अभिनन्दन पत्रमा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा तपाईंको अरूणोदयले युद्ध तथा आतङ्कको भयाभह स्थितिमा थरथर काम्नेहरूको प्राणको कण–कणमा अजश्र आशा र ऊर्जाको किरण पल्लवित भएको छ, भारतीय उपमहाद्वीपको इतिहासको यो स्वर्णिम अध्याय हो ।’ के मोदी साँच्चिकै महामानव नै हुन् ? मोदीको प्रसंसा र चाकडीमा यी शब्द खर्चिँदा नाकाबन्दीको समयमा औषधि नपाएर तड्पिएका आत्माले के भन्लान् ? भारतले गैरकानूनी ढंगले बनाएका बाँधको डुबानले रातभर पानीमा बसेका वृद्धवृद्धाको आँसु थामिएला ?

मोदीको चाकडी यत्तिमा सीमित छैन । ‘प्राचीन ऋषि परम्पराको तपाईं गौरवपूर्ण विभुति हुनुहुन्छ । तपाईंको रोमरोमबाट जसरी कुनै ऋचा अनवरत उत्सर्जित हुन्छ, मानव मंगलका लागि, हामीहरू तपाईंको प्रत्येक पाइलामा सँगै छौँ,’ अभिनन्दन पत्रमा लेखिएको छ, ‘नेपाल भारतबीच धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ, श्री रामको युगदेखि अहिलेसम्म हामीहरूको सम्बन्ध अक्षुण छ, अहिलेसम्म संसारमा यस्तो कुनै हतियार बनेको छैन, जसले हाम्रो भावनात्मक सम्बन्धको डोरीलाई काट्न सकोस् ।’ यी शबद लेख्नेहरूले भारतले गरेको त्यो पीडादायी नाकाबन्दीलाई कति छिटो बिर्सन सकेका ।

कुनै लगानी गर्नु नपर्ने ‘एयर स्पेस’ दिन कञ्जुस्याइँ गर्ने भारतले नेपालमा रेल कुदाइदेला भनेर धेरै मख्ख नपरे हुन्छ ।

नेपालमाथि भएको नाकाबन्दीको विषयलाई लिएर भारतीय संसदमा गम्भीर छलफल भयो, भारतीय सांसदले नेपाली जनताको पक्षमा बोले । तर त्यत्रो नाकाबन्दीको विषयमा नेपालको संसदले एक शब्द बोलेन । नारायणमान बिजुक्छेंको पार्टीले नाकाबन्दीबारे संसदमा छलफल गर्न पटक–पटक माग गर्‍यो, तर ठूला दलले सुनेको पनि नसुने झैँ गरे । संविधानसभाको रूपान्तरित संसद यस विषयमा नराम्रोसँग चुक्न पुग्यो । भारतीय थिचोमिचोसामु नेपालको सरकार र संसद कहिलै खुलेर बोल्न सकेनन् । सीमा क्षेत्रका जनता भारतीय थिचोमिचो र भारतीय सीमा सुरक्षाबल ‘एसएसबी’को ज्यादतीबाट प्रताडित छन् । भारतबाट नेपाल आउने कामदार सीमा पारी लुटिन्छन् । 

नाकाबन्दीपछि नेपालका तीन प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाले भारतको भ्रमण गरे । तीनै जनाले भारतसँग विगतका तिक्तता मेटिएको दाबी गरे । भर्खरै प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि सम्बन्ध सुधार भएको भनेर नेपाली पक्षले दाबी गरे पनि भारतीय विश्लेषकहरू त्यो स्वीकार्न तयार छैनन् । नेपालमा चिनियाँ प्रभाव रोक्न सहयोगको अभिनय गरे पनि भारतले साँचो अर्थमा नेपाललाई सहयोग गर्न चाहेकै छैन । भारतले आकाशमा पनि कन्जुस्याइँ गर्‍यो भनेर स्वयं ओलीले ५ नम्बर प्रदेशसभाको बैठकमा बोलेका थिए । कुनै लगानी गर्नु नपर्ने ‘एयर स्पेस’ दिन कञ्जुस्याइँ गर्ने भारतले नेपालमा रेल कुदाइदेला भनेर धेरै मख्ख नपरे हुन्छ । जनताले मन नपराएका मोदीलाई शब्दकोष रित्याएर अभिनन्दन गर्ने तयारी गर्दैगर्दा भोलिको दिनलाई सोचौं ।

मोदीलाई अभिनन्दन गर्न हतार गरेकाहरूले सामाजिक सञ्जाल पनि हेरून् । दिनमा दर्जन जति ट्वीट गर्ने मोदी पनि पक्कै बेखबर छैनन् होला, ट्वीटरको ट्रेन्डिङ, ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ बारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x