×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

मोदीलाई अभिनन्दन गरिने रंगभूमि मैदानमा लाखौं रकम हिनामिना !

बैशाख २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २७ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई भव्य र ऐतिहासिक बनाउन भन्दै प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले लखौं रकम खर्च गरिरहेका छन् । विशेष गरी मोदी आउने रुट तथा मोदीलाई नागरिक अभिनन्दन गरिने र उनले सम्बोधन गर्ने स्थल जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्र बिघामा धेरै पैसा खर्च भइरहेको छ । तर कति रकम कसले कहाँ–कहाँ खर्च गरिरहेको छ भन्ने विषयमा सम्बन्धित निकायले जवाफ दिन चाहिरहेको छैन ।

Muktinath Bank

मोदी भ्रमणको तयारीका सन्दर्भमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना मन्त्रीहरू र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह समेतको उपस्थितिमा आयोजना गरेको पत्रकार सम्मेलनमा समेत तयारीमा क–कसले कति रकम छुट्याएको र खर्च गरिरहेको भन्ने लोकान्तर प्रतिनिधिको प्रश्नमा सोझो जवाफ दिएनन् । राउतले भने, ‘मोदीको भ्रमण सम्पन्न भएपछि खर्चको रकमबारे सार्वजनिक गरिने छ, अहिले जे जति रकम लाग्ने हो, त्यो सबै लगानी गर्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले प्रदेश र स्थानीय सरकारले हिसाब–किताब समेत सार्वजनिक नगरी अन्धाधुन्ध खर्च गरिरहेको छ, तर त्यही कामका लागि भनेर यहाँ पहिले नै लाखौं रकम हिनामिना भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

रंगभूमि मैदानमा माटो पुरेर समथर बनाउने, शौचालयहरू बनाउने, पर्खाल निर्माण गरेर घेराबार गर्ने तथा रंगरोगन गर्ने कामका लागि भारतीय दूतावासले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत करोडौं रुपैयाँ लगानी गरिसकेको छ । तर ती सबै काममा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ । यहाँसम्म कि ती कार्यहरू सम्पन्न समेत भएको छैनन् भनेर अख्तियार दुरुयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले समेत छानबिन गरिरहेको छ ।

घतलाग्दो कुरा के हो भने, त्यही रंगभूमि मैदानको संरक्षण, सौन्दर्यीकरण तथा प्रबद्र्धनका निम्ति भारत सरकारले कूल साढे ३ करोड अनुदान रकम प्रदान गरेकोमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत गराइएको काममा विभिन्न चारवटा योजनाका लागि ४ वटै निर्माण व्यवसायी कम्पनीलाई जिम्मा दिइ २ करोड ७० लाख ६५ हजार ५ सय ६७ रुपैयाँ भुक्तानी समेत भइसकेको छ । तर त्यो लगानीको सदुपयोग हुन नसकेपछि प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले अहिले पुनः मोदीको भ्रमणको तयारीका लागि दोहोर्‍याएर लाखैं खर्चिनु परेको हो ।

चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन प्रालिलाई १ करोड ४९ लाख ७५ हजार १ सय २४ रुपैयाँ, सन्नी कन्स्ट्रक्सनलाई ४७ लाख ८ हजार ४ सय ६५ रुपैयाँ, जय बाबा गनिनाथ निर्माण सेवालाई २६ लाख ५७ हजार ९ सय ९ रुपैयाँ र महालक्ष्मी कन्स्ट्रक्सनलाई ४७ लाख २४ हजार ६७ रुपैयाँ परिषद्ले आर्थिक वर्ष २०६८/०६९ देखि २०७०/०७१ सम्ममा विभिन्न मितिमा भुक्तानी गरेको पाइन्छ । रंगभूमि मैदान विकास परियोजनाअन्तर्गत ती सबै निर्माण कम्पनीहरूले १६ जेष्ठ २०६८ मा सम्झौता गरेर १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी करार गरे पनि पटक–पटक म्याद थप गराएर पनि ती निर्माण व्यवसायीहरूले काम पूरा गर्न सकेका छैनन् । यहाँसम्म कि परिषद्ले ती सम्झौता रद्द गर्ने भनेर सम्बन्धित ठेकेदारलाई पटक–पटक पत्रमार्फत् ताकेता पनि गरिसकेका छन् ।

परिषद्का कार्यकारी निर्देशक चिरञ्जीवीराज ढुंगानाका अनुसार विगतमा भएका ती सबै कामहरूमा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै फाइलका सक्कल कागजसहित छानबिनका लागि जफत गरेर लागेको छ, त्यसैले विस्तृत जानकारी लिन अहिले सकिन्न । ‘शौचालय निर्माण, रंगभूमि मैदानमा माटो पुरेर जमिनलाई समथर बनाउने, मैदानलाई कम्पाउण्ड वाल निर्माण गरेर घेराबन्दी गर्ने लगायतका कामहरूमा अनियमितता भएको प्रष्टै देखिन्छ, ठेकेदार र परिषद्का तत्कालीन निर्देशकको मिलेमतोमा नै अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ निर्देशक ढुंगानाले लोकान्तरसँग भने, ‘अब ती ठेकेदारहरूको ठेक्का सम्झौता रद्द गरेर नयाँ किसिमले अगाडि बढ्नुपर्छ ।’

अचम्मको कुरा त के भने काम नै सम्पन्न नगरी ठेकेदार कम्पनीहरूले भुक्तानी लिइसकेका छन् । काम नगरी परिषद्ले भुक्तानी किन दियो, वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले परिषद्लाई कसरी चेक हस्तान्तरण गरे ? अहिले फेरि त्यही कामका लागि भइरहेको खर्च दुरुपायोग होइन र ?

रंगभूमि मैदानको क्षेत्रफल १२ बिघा भनिए पनि तीन तिरबाट भइरहेको अतिक्रमणले ९ बिघा पनि मुस्किलले बाँकी होला । रामयाणकालमा राम र सीताको विवाह हुँदा मिथिला राजा जनकले त्यही रंगभूमि मैदानमा स्वयम्बर आयोजना गरेका थिए, जहाँ थुप्रै देवताहरू, विभिन्न राज्यका राजा, युवराजहरू स्वयम्बरका क्रममा आएकाले पनि उक्त स्थान धार्मिक, पौराणिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक मानिन्छ ।

हावाहुरीले तनाव

तयारीका लागि प्रवेशद्वार बनाउने सहित धेरै काम भइसकेको थियो । यसबीचमा बुधबार बिहान आएको हावाहुरीले मोदीको स्वागतका लागि बनाइएको द्वार र पण्डाल भत्कायो । सँगैको वर्षाले मैदान जलमग्न भयो ।
हावाहुरीले प्रवेशद्वार र पण्डाल खसाले पनि अभिनन्दन हुने स्थानमा खासै क्षति नपुगेको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए । हावाहुरी अभिनन्दन हुने रंगभूमि मैदानमा कुनै क्षति नभएको कर्णले बताए ।

हावाहुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याएको समाग्री बचाउन खोज्दा केही मजदूर समान्य घाइते भएको उनले बताए । पछिल्लो दुई साता यता मोदीको स्वागतका लागि २४ घण्टा मजदूर परिचालन गरेर रंगभूमि मैदान सरसफाइ, रंग रोगन, पण्डाल निर्माण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x