हिमेश रेशमियाले गरे दोस्रो विवाह

बैशाख २८, २०७५

सोनम कपुर र नेहा धूपियापछि अब बलिउडमा एक अर्को विवाहको चर्चा चलेको छ । 

प्रख्यात गायक हिमेश रेशमियाले आफ्नी गर्लफ्रेण्ड सोनिया कुपरसँग विवाह गरेको अपुष्ट समाचारहरु सार्वजनिक भएको भारतीय अनलाइनहरुले समाचार लेखेका छन् । इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार हिमेश तथा सोनियाको विवाह शुक्रबार राति हुनेछ । 


ADVERTISEMENT

केही सञ्चारमाध्यमहरुले भने हिमेश र सोनियाको मेहन्दी कार्यक्रम दुई दिन पहिला भइसकेको छ र आज शुक्रवार पार्टी हुनसक्५ । हिमेशको यो दोस्रो विवाह हुनेछ । 

यसअघि उनले सन् १९९५ मा कोमलसँग विवाह गरेका थिए तर २०१७ मा दुबै जना अलग भएका थिए । 

हिमेशले २१ वर्षको उमेरमा कोमलसँग विवाह गरेका थिए र उनीहरुको एक छोरा पनि छन् । 
 

बैशाख २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस