हिट फिल्म बाहुबली- २ चीनमा किन चलेन ?

बैशाख २९, २०७५

भारतमा बक्स अफिसको सारा रेकर्ड तोडेको एसएस राजमौलीको ‘बाहुबली– द कन्क्लुजन’ चीनमा भने असफल भएको छ ।

पहिले चीनमा इन्डियन फिल्म जति रुचाइन्थ्यो, त्यसको अनुपातमा चिनियाँले यो फिल्म निकै कम रुचाएका छन् । फिल्म प्रदर्शन भएको चौथो दिन पनि त्यति राम्रो व्यापार हुन सकेको छैन ।


फिल्मले १६ करोड भारुको ओपनिङ गरे पनि दोस्रो दिनबाट व्यापार ओरालो लागेको हो । चार दिनको अन्तरालमा फिल्मले जम्मा ५८ करोड भारुको व्यापार गरेको छ ।

यो कमाइ केही समयअघि रिलिज भएको आमिर खानको दंगल र सेक्रेट सुपरस्टार, हिन्दी मिडियन तथा बजरंगी भाइजानभन्दा एकदमै कम हो ।

अघिल्लो वर्ष रिलिज भएको बाहुबलीले भारतमा सबै रेकर्ड तोडेको थियो । चीनमा ७ हजार हल पाएर पनि बाहुबलीले सोचेअनुरूप व्यापार गर्न सकेन । फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का सेट्टीलगायत कलाकारले अभिनय गरेका छन् ।

बैशाख २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस