×

NMB BANK
NIC ASIA

ओलीले संसदमा भने- 'पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्छ'

बैशाख ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३० वैशाख -प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले टेलिफोनमा कुराकानी गर्ने क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको र दुई देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गर्नुभएको जानकारी दिनुभयो । 

“भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँै अब, द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उहाँले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सद्भावको सराहना पनि गर्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा कुनै असर नपु¥याई आफ्नो मामिलामा आफँै निर्णय गर्न कुनै अवरोध नपर्ने गरी दुवै पक्ष सहमत हुनु सकारात्मक उपलब्धि हो भन्नुभयो । कृषि क्षेत्रको विकास र सहकार्यमा आवश्यकताका आधारमा गरिनुपर्ने कामलाई दुवै देशले प्राथमिकता दिई कुन क्षेत्रमा के कस्ता विषयलाई समेट्न सकिन्छ भनेर विज्ञ समूह गठन गरी कार्यसूची बनाएर चाँडै कृषिमन्त्रीस्तरीय वार्ता गरिने उहाँले उल्लेख गर्नुभयो । 

मुलुकको समृद्धिसँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच वर्षभित्र भारतीय लगानीमा बन्ने बताउँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–रक्सौल रेलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै अध्ययन शुरु गरिने उल्लेख गर्नुभयो । 

दुई देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरवलोकन गरी भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँचीलगायत वस्तुको निर्यात बढाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले नेपाल प्रवेश गर्ने हवाई मार्ग बढाउन, तराईमा डुबान समस्या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेकाले संयुक्त कार्यदल बनाई काम अघि बढाइने बताउनुभयो । 

ऊर्जा व्यापारमा रहेको असमझदारी हटाई द्विपक्षीय व्यापार प्रवद्र्धनमा समान नीति बनाउने सहमति भएको छ भन्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । 

नेपालले थप बन्दरगाहको प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले सडक सञ्जालको विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीले भ्रमणका क्रममा व्यक्त गरेका आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने अभिव्यक्ति सराहनीय रहेको बताउँदै दुई देशबीचको सम्बन्ध नयाँ उचाइका साथ समान हैसियतमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले हालै देशका विभिन्न स्थानमा असिनापानीबाट भएको बालीनालीको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि निर्देशन दिइसकिएको बताउनुभयो । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x