गलत साइजको जुत्ता लगाउँदा हुन्छन् यस्ता समस्या

बैशाख ३०, २०७५

काठमाडौं, ३० वैशाख – जीवनशैली बदलिएका कारण मानिसहरू हरेक कुरा फेशनको हिसाबमा किन्ने गर्छन् । जुत्ताचप्पल पनि मानिसहरू फेशन, स्टाइल र लूकको हिसाबमा किन्छन् तर आरामदायी छ कि छैन हेर्दैनन् । सजिलो हुने जुत्ता मात्र लगाउनुपर्छ । नभए अनेकथरी रोग लाग्छन् । 

एथलीट फूट रोग


ADVERTISEMENT

एथलीट फूट रोग औंलाको बीचमा हुन्छ । संक्रमणका कारण यो रोग लाग्छ । यो समस्या हुँदा गोडा चिलाउने र पोल्ने हुन्छ । साँघुरो जुत्ता लगाउँदा औंलाको बीचबाट पसिना आउँछ र संक्रमण हुन्छ । 

फूट कोर्न

यो समस्या पैताला वा औंलामा हुन्छ । यो गाँठो जस्तो देखिन्छ । साँघुरो जुत्ता र मोजा लगाउँदा गोडामा फूट कोर्नको समस्या आउँछ । गोडाको बूढीऔंलामा यो समस्या हुन्छ तर अन्य औंलामा पनि हुन सक्छ । 

डायबिटिक फूट

मधुमेहको भएका मानिसलाई यो समस्या हुन्छ । यो हुँदा गोडा चिलाउने र पोल्ने हुन्छ । साँघुरो जुत्ता लगाउँदा यो फोका र घाउमा परिणत हुन्छ । 

ह्याम्मर टो

यो समस्या हुँदा गोडाका औंलाहरू बांगिन थाल्छन् । यसले बूढी औंलानजिकको र माझको औंलामा दबाब पारेर पीडा दिन्छ । 

गोलीगाँठोनेर अर्को गाँठो

यो समस्या हुँदा धेरै पीडा हुन्छ । गोलीगाँठोमुनिको हाडको विकास हुँदा यसो हुन्छ । गोडाको लम्बाइका साथसाथै मांसपेशी र गोलीगाँठोको हाडसँग यो जोडिएको हुन्छ ।

एजेन्सी
 

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस