मोदी फर्किएपछि अव्यवस्थित बन्दै जनकपुर, फोहोर बढ्यो, पर्खालसमेत ढल्यो [फोटो फिचर]

बैशाख ३१, २०७५

जनकपुरधाम, ३१ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सकिएलगत्तै जनकपुर उपमहानगरपालिकामा फोहर बढ्दै गएको छ । महत्त्वपूर्ण कुरा त के भने मोदीको भ्रमणलाई केन्द्रित गरी सरसफाई तथा रंगरोगन, मिथिला चित्रकला लगायतमा प्रदेश सरकार र स्थानीय सरकार जनकपुर उपमहानगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेका छन, यद्यपि त्यस ख़र्चको रकमबारे अहिलेसम्म सार्वजनिक भने गरिएको छैन ।

मोदी आउनुअघि जनकपुर उपमहानगरपालिकाले रंगभूमि मैदान बाह्र बिघा र जानकी मन्दिरको विवाह मण्डपको कम्पाउण्ड वालमा लाखौं रकम खर्चिएर मिथिला चित्रकला झलकिने गरी पेन्टिङ गराएका थिए । चित्रकलासँगै सरसफाई तथा स्वच्छता अभियान, सम्पदा सुरक्षा लागायतका नाराहरू समेत ती पर्खाल मा लेखिएको थियो ।

मोदीले नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उक्त कार्यको प्रसंसा गर्दै प्रदेश सरकार र मेयरको प्रशंसा समेत गरेका थिए । उपस्थित लाखौं मानिसले थप्पडी समेत बजाएका थिए । तर मोदी फर्किएलगत्तै त्यही चित्रकलाको महत्त्व घटाउने गरी फूटपाथ पसल सञ्चालनमा आउन थालेका छन् ।

ती फूटपाथ पसलेहरूसँग कुरा गर्दा विगतमा रंगभूमि मैदानमै पसल सञ्चालन गर्दै आएको तर अहिले त्यहाँ गर्न नादिएकाले पसल सञ्चालन गरेको बताए । त्यसैले नगरबासी भने मोदीका लागि मात्रै त्यति सौन्दर्यीकरण गरिएको थियो र उनी फर्किएपछि मतलब नराख्नु ले मेयरले मोदिलाई खुशी पार्न मात्र काम गराएको हो भनेर प्रश्न गर्छन।
जानकी मन्दिरको पर्खाल ढल्यो ।

आइतबार राति आएको हावाहुरी तथा वर्षाका कारण जानकी मन्दिरको पर्खाल ढलेको छ । होडिङ बोर्ड झुण्ड्याइएका कारण अतिरिक्त भारले हावाहुरीमा पर्खाल ढल्न पुग्यो ।

हेर्नुहोस्, फोटो फिचर :

बैशाख ३१, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस