गाउँगाउँमा सिटिजन्स बैंक

बैशाख ३१, २०७५

काठमाडौं, ३१ बैशाख- “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैशाख ३१ गते सोमबार ६ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलन बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी इलामको माङसेबुङ ,सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती,काभे्रको तिमाल ,सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीद भूमिमा शाखा सञ्चालन गरेका हुन् ।


सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनकालागि सबै नेपालीको बैंक खाताभन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदानगर्न यस  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ६ वटाशाखाहरु संचालनमा ल्याएका बैंकले जनाएको छ ।

संघीयतालाई दह्रो  र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्न चालू आर्थिक वर्षमा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमल चौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको बैंकले जनाएको छ ।
 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस