×

NMB BANK
NIC ASIA

छाउरो किनेको, बडेमानको भालु पो भएछ !

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एक चिनियाँ महिलाले दुई वर्षअघि बिदामा घुम्न जाँदा एउटा भोटेकुकुरको छाउरो किनेको बताएकी छन् । उनले त्यसको नाम ‘सानो काले’ राखिन् ।

छाउरो तीव्र गतिमा बढ्दै गयो । दुई वर्षमा ऊ २०० किलोको एसियाली कालो भालु पो भयो र उसलाई जनावर संरक्षण केन्द्र पु–याउनुप–यो । 

‘मैले उसलाई घर ल्याउँदा ऊ सानो भोटेकुकुर थियो । तर बढ्दै जाँदा ऊ भालुजस्तो देखिन थाल्यो । मलाई भालुदेखि डर लाग्छ,’ युन्नान प्रान्तको युलियाङको एक गाउँमा बस्ने सु यान बताउँछिन् ।

उनलाई कुकुरको छाउरो भनी ठगिएको भएपनि उनले त्यो जनावरलाई दुई वर्षसम्म खुवाइरहिन् । सानो काले संवेदनशील प्राणी भएको र उसलाई मालिक नहुँदा डर लाग्ने र आफूलाई घाइते बनाउने सम्भावना रहेको उनी ठान्छिन् । 

भालुको स्याहार गर्नु आफैंमा गाह्रो काम हो भन्छिन् उनी । भालुले दिनमा एक बाकस फलफूल र दुई बाल्टिन नूडल खाने गरेको उनको भनाइ छ । 

एकदिन सुले एउटा पर्चा भेटिन् जसमा लेखिएअनुसार संरक्षित वन्यजन्तुलाई अनुमतिपत्रविना घरमा राख्नु अवैध हो । 

सुले त्यसपछि युन्नान वन्यजन्तु उद्धार केन्द्रलाई सम्पर्क गरिन् र जनावरलाई बेहोश बनाएर नयाँ घर लगियो । पशुचिकित्सकहरूले भालु स्वस्थ रहेको र उसमाथि दुर्व्यवहार नभएको पाए । 

यसले गर्दा अधिकारीहरूले सुलाई जनावर चिन्ने कमजोर क्षमताका लागि दण्ड नदिने भएका छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x