कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौँ, १ जेठ -जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो ।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो ।
अभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउन चाहेको बताउनुभयो । “जनताको पेट नभरी आवासको सुविधा नदिई विश्व शान्ति फैल्याउन सकिन्न, दुनियाँ अन्धकारमा भएका बेला हाम्रा पूर्खा ऋषिमुनि दर्शन बाँड्थे, अहिले तिनै ऋषिमुनिका धेरै सन्तान निरक्षर छन्, तिनलाई साक्षर बनाउने अभियानमा म लागेको छु”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाउनु हुँदै ओलीले सबै धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्ने बताउनुभयो । “मेरो निष्ठा जनता र देशप्रति छ, म सबै धर्मावलम्बीको मत पाएर चुनाव जितेको मानिस कुनै धर्म श्रेष्ठ छ भने मन जितेर व्यवहारमा देखाउनुपर्छ, नेपाल छिर्ने बित्तिकै पवित्र भावना जाग्ने देश बनाउनुपर्छ, यसो भए यहाँबाट विश्व शान्तिको सन्देश प्रवाहित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
गुटगत स्वार्थभन्दा माथि उठेर गरिबी र अभाव अन्त्य गर्ने आफ्नो धर्म रहेको सुनाउनु हुँदै प्रधानमन्त्री ओलीले समय मिलाएर गोवद्र्धन मठको भ्रमण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
शंकराचार्य निश्चलानन्द सरस्वतीले काठमाडौँ नेपालको भौगोलिक राजधानी मात्र नभई धार्मिक राजधानी पनि भएको बताउनुभयो । भगवान् पशुपतिनाथले यहाँको धार्मिक शासन गर्नुभएको उहाँको भनाइ थियो ।
“सनातन वैदिक आर्य हिन्दू धर्म स्थापित भए कुनै तन्त्रको आवश्यकता पर्दैन, सनातन धर्मले आर्थिक विषमताको अन्त्य गर्छ, वैदिक धर्म सबैका लागि पोषक बन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमलाई आयोजक समितिका संयोजक स्वामी पद्मधराचार्य, सहसंयोजक हरिबोल भट्टराई, सहसंयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह, समिति सदस्यद्वय पुष्प पराजुली र भरतराज पौडेललगायतका वक्ताले वैदिक धर्म संरक्षणमा मठले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको छ । उहाँको योगदानको कदर गर्दै बुधबार कीर्तिपुरमा पनि उहाँको अभिनन्दन गरिँदैछ । अभिनन्दनपछि जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नुहुनेछ ।
जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उहाँले प्रवचन गर्नुहुनेछ । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५ औँ शंकराचार्य हुनुहुन्छ ।
यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आउनुभएको थियो । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।
शंकराचार्यको स्वागत एवम् विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । आजको नागरिक अभिनन्दन कार्यक्रम समितिले नै आयोजना गरेको हो ।
समितिले सोमबार अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको थियो । त्यसलाई आज पनि निरन्तरता दिइने समिति सदस्य पुष्प पराजुलीले राससलाई जानकारी दिनुभयो ।रासस
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...