दैलेखमा खुल्यो दुल्लु सांस्कृतिक संग्रहालय, सिंजा राज्यको जीवन्त दस्तावेज

जेठ १, २०७५

दैलेख, १ जेठ– कर्णालीकाे दैलेखमा दुल्लु सांस्कृतिक संग्रहालयको एक उद्घाटन गरिएको छ । विशाल नेपालको शक्तिशाली राज्यमध्येको एक सिंजा राज्यको शितकालीन राजधानीको रुपमा रहेको दुल्लुले आफूसंग भएको ज्वाला सभ्यता र सिंजा सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको श्री ५ राजेन्द्र विरविक्रम शाहको पालामा काजी जसपाउ थापाले निमार्ण गरेको पौवा घरमा संग्रहालयको उद्घाटन गरिएको हो ।

तिब्वती पठारको खशानदेखि जडानसम्मको कला, संस्कृति, साहित्य, लोक जीवन, लोक संस्कारसंग सम्बन्धित मूर्त र अर्मूत सम्पदाहरुको जर्गेना गर्ने लोक संस्कृतिलाई बचाइ राख्न संग्रहालयको स्थापना गरिएको दुल्लू नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

संग्रहालयमा विभिन्न परम्परागत लोक जिवन संग रहेका ढिकी, जातो, घट्ट, कोल, महिलाहरुले लगाउने गरगहना, पुराना पैसा, लगाएतका विभिन्न १६२ किसिमका सामग्रीहरु संकलित छन ।

संग्रहालयको उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अब राणाका दिन सकिएको र डाँडाका दिन आएको' बताए । उनले  काँग्रेसले थालनी गरेको विकास निमार्ण शुरु भएकाले अब देश समृद्ध बन्ने उल्लेख गरे ।

दुल्लू क्षेत्रको हावापानी मौसम सबै राम्रो भएकाले सितकालीन राजनाधी भएको पाैडेलकाे भनाइ थियाे । उनले स्थानीय तहले पाएको अधिकार आफैले प्रयोग गरि जनतालाइ विकासको बाटोमा लैजानु पर्ने स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए । स्थानीय तहमा औद्योगिक क्षेत्रको विकास गरि स्थानीयलाई रोजगार बनाउन सुरु गर्नुपर्ने पाैडेलकाे भनाइ थियाे ।

संग्रहालय उद्घाटन कार्यक्रममा पूर्व सहकारी मन्त्री हृदयराम थानी, पूर्व सांसद रन्जित कर्ण, लगायतकाे उपस्थिति थियाे । 

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस