टुक्रा-टुक्रा भएको अवस्थामा भेटियो मकालु एयरको विमान, चालक दलका दुई सदस्यको मृत्यु

जेठ २, २०७५

सुर्खेत, २ जेठ– सम्पर्कविहीन मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रत अवस्थामा फेला परेको छ । 

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमान टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको  सुर्खेत विमानस्थल प्रमुख विनोद कुमार पन्तले लोकान्तरलाई जानकारी दिए ।

नाइन एन ए जे यु कलसाइनको विमानमा चालकदलका दुई सदस्य रहेका थिए । विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए उनीहरु दुबैको मृत्यु भएको खबर आएको पन्तले बताए ।

सामान लिएर सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विहान ६: ५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान त्यअघि नै सम्पर्क विच्छेद भएको थियो ।

 

 

 

 

जेठ २, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार