भारतीय अडान यथावत्

काठमाडौँ, ३ जेठ- पूर्वराजदूतहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा यसअघिको एजेन्डाबाट ‘टसमस’ नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले ‘सफ्ट पावर’ नीति अपनाएको उनीहरूको विश्लेषण छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरूको समूह (अफान) ले बुधबार परराष्ट्र मन्त्रालयको राहदानी विभागमा आयोजना गरेको कार्यक्रममा तीन दर्जन बढी कूटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत् रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराईले मोदीको भ्रमण चिनियाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए, आजको कान्तिपुरमा खबर छ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस