आईपीएल : मुम्बई चौथो स्थानमा उक्लियो, पञ्जाव पछि पर्‍यो

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– मुम्बई इन्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । मुम्बईले किङ्स ११ पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित दर्ता गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

बुधबार रातिको जितपछि डिफेन्डिङ च्याम्पियन मुम्बई १२ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिदै प्ले अफ सम्भावना बलियो बनाएको छ । १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । यो जितसँगै मुम्बईको प्लेअफ सम्भावना कायमै रहेछ । 

पराजित पञ्जावको समान १२ अंक भए पनि रन रेटका आधारमा पछि परेको छ । समान खेलबाट १२ अंक नै बनाएको राजस्थान रोयल्स पाँचौ स्थानमा छ ।

आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस