राज्य सत्ता परिवर्तनको जिम्मा युवाको काँधमाः वैध

जेठ ३, २०७५

बुटवल, ३ जेठ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राज्य सक्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताएका छन् । अहिले पनि नेपाली जनताको हातमा राज्य सक्ता नआएको भन्दैं उनले क्रान्तिकारी शक्ति र देशभक्तहरुलाई गोलवन्द गर्ने अभियानमा पार्टी लागेको बताए । 

क्रान्तिकारी युवा लिग–प्रदेश ५ ले बुधबार बुटवलमा गरेको युवा जनमार्च कार्यक्रमलाई सम्बोधन गदैं बैद्यले सो विचार व्यक्त गरेका हुन् । 

क्रान्तिको एउटा अध्याय सकिए पनि नयां अध्याय शुरु भएको उनले बताए । एमाले–माओवादी केन्द्रतर्फ इंगित गदैं उनले बाम,कम्युनिष्ट र देशभक्त पनि नभएको जिकिर गरे ।

नाकाबन्दीका बेला ओलीले अडान लिएर राष्ट्रवादी देखिए पनि अहिने नरेन्द्र मोदी नेपाल आउंदा देखाएको प्रवृतिले उसको राष्ट्र उदाङगीएको दावी गरे । पार्टी स्थायी समिति सदस्य परि थापाले कांग्रेस,एमाले र माके एउटै ड्याङका मुला हुन्,जरामात्रै फरक भएको टिप्पणी गरे ।
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार