सन्दीप विश्व- ११ बाट खेल्ने खबरले हर्षित छु - प्रधानमन्त्री ओली

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व- ११ का तर्फबाट खेल्ने खबरले आफू हर्षित भएको बताएका छन् ।

बिहीवार ट्वीट गर्दै ओलीले सन्दीपलाई बधाई तथा शुभकामना दिएका छन् ।


'नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकोमा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु,' ओलीले ट्वीट गरेका छन् ।

सन्दीपले यही मे ३१ तारिखका दिन लर्ड्समा वेस्टइण्डिजविरुद्ध च्यारिटी म्याच खेल्ने अवसर पाएका हुन् । सन्दीपको टोलीमा इयान मोर्गन, शाहिद अफ्रिदी, सोहेब मल्लिक लगायतका चर्चित क्रिकेटर छन् ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस