४० जना भित्र पर्न एमालेमा दौडधुप !

काठमाडौं, ३ जेठ– माओवादी केन्द्रसँगको पार्टी एकताका लागि नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले माओवादी केन्द्रसँगको पार्टी एकतालाई अनुमोदन गर्ने कार्यतालिका छ । 

माओवादीसँगको पार्टी एकतापछि बन्ने नयाँ पार्टीमा ४ सय ४१ केन्द्रीय सदस्य रहने छन् । एमालेमा २ सय जना केन्द्रीय सदस्य छन् अब एकतापछि बन्ने पार्टीका लागि एमालेका तर्फबाट ४० जना केन्द्रीय सदस्य थपिने छन् । 

४० जनामा पर्नको लागि एमालेमा दौडधूप शुरु भएको छ । माओवादी केन्द्रले पनि आजै २ सय जनाको टुंगो लगाउँदैछ । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस