×

NMB BANK
NIC ASIA

यस्ता पनि आमा, छोरीलाई ७० चोटि बञ्चरोले हिर्काएर घरमा लगाइन् आगो

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ – अमेरिकाको ओक्लाहोमामा रहेकी एक आमाले आफ्नी जेठी छोरीलाई बञ्चरोले ७० चोटि हिर्काएपछि घरमा आगो लगाएर त्यहाँबाट अरू तीन छोरी लिएर भागेको खबर छ । 

ताहीरा अहमद नामक ती महिलालाई तुलसा शहरमा मंगलवार दिउँसो पक्राउ गरिएको छ । 

उनले आफ्नी ११ वर्षीया छोरीलाई सोमवार राति आक्रमण गरेको अनि आठ वर्षीया छोरीलाई लिएर भागेको आरोप अधिकारीहरूले लगाएका छन् । 

अहमदविरुद्ध आगजनी, बाल दुर्व्यवहार, आक्रमण तथा ज्यान मार्ने उद्योगको मुद्दा लगाइएको छ । उनलाई जमानतरहित कारावास सजाय सुनाइएको छ । 

एघार वर्षीया छोरीको स्थिति अझै गम्भीर छ । 

पक्राउ पुर्जीमा भएको बयानअनुसार, अहमदले अनुसन्धान अधिकारीहरूलाई आफू बालबालिकाहरूबाट चिन्तित रहेको र उनीहरूले पढ्दै आफूलाई हेरिरहेको मन नपरेको बताइन् । अहमदले आफ्ना तीन छोरीलाई बाँधेर कपडाले
मुखमा कोचेको अनि जेठीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । बालिकाहरूले के पढिरहेका थिए भन्ने खुलेको छैन । 

आठ वर्षीयाले नौ वर्षीया दिदीलाई भाग्न मद्दत गरेको अनि बीचकी छोरी चाहिँ छिमेकीकहाँ मद्दत लिन पुगेको प्रहरीले बतायो । अधिकारीहरू त्यहाँ आइपुग्दा ११ वर्षीया बालिका जलिरहेको घरमा थिइन् र अहमद तथा कान्छी छोरी
गायब थिए । 

अहमदले आफ्ना तीन छोरीलाई बाँधिरहँदा जेठी छोरीले प्रतिकार गरेकी थिइन् जसले गर्दा अहमदले उनलाई ७० चोटि हिर्काइन् । छोरीको टाउकोमा पनि उनले धेरैचोटि हिर्काएको अनि घरमा आगो लगाएको प्रहरीको भनाइ छ । 

जेठी छोरीको कम्मरमा बञ्चरोले हानेका अनेकौं घाउ अनि गोडा, घाँटी, हात र अनुहारमा पनि धेरै चोटहरू देखिएको प्रहरी रिपोर्टमा उल्लेख छ । 

रिपोर्टमा उल्लेख भएबमोजिम अहमदले जेठी छोरी मरोस् भनेर घरमा आगो लगाएकी थिइन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x