गोकर्ण विष्टले भने–साझा सोच र इमानसाथ अघि बढ्छौं

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– एमाले नेता गोकर्ण विष्टले एमाले र माओवादी एकता भएर बन्ने नयाँ पार्टीले देश र जनाताको हितका लागि साझा सोच र प्रतिवद्धताका साथ अघि बढ्ने बताएका छन् । 

बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक अघि लोकान्तरसँगको कुराकानीमा नेता विष्टले देश र जनताको हितका लागि परिवर्तनका लागि साझा सोच, प्रतिवद्धता र इमानका आधारमा अघि बढ्ने बताए । त्यसका लागि पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको बताए । 

उनले पार्टीहरुमा वैचारिक मतभेदहरु देखिनु स्वभाकि भएको बताउँदै सांगठनिक क्षेत्रमा देखिने मतभेदहरु जीवन्त पार्टीभित्रका स्वभाविक विषय भएको  उल्लेख गरे । 

नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता गर्ने तयारी भइरहेको छ । पार्टी एकतालाई अनुमोदन गर्न एमाले बैठक बसिरहेको छ । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस