×

NMB BANK
NIC ASIA

सुर्खेत, ३ जेठ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज हुने एकता घोषणामा नेकपा एमाले कर्णाली प्रदेशबाट स्थायी कमिटीमा शून्य प्रतिनिधित्व हुने देखिएको छ  । तर माओवादी केन्द्रबाट भने दुई जना जनार्दन शर्मा  र शक्ति बस्नेत स्थायी समितिमा पर्ने निश्चित भएको हो ।

Muktinath Bank

कर्णाली प्रदेशमा एमालेले प्रदेशसभामा २० सीट जितेको छ । एमाले स्थायी कमिटीमा  कर्णाली प्रदेशको प्रतिनिधित्व भएको थिएन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेबाट प्रदेश सहसंयोजक यामलाल कंडेल र प्रकाश ज्वालाले स्थायी समिति सदस्य बन्न खोजे पनि हुन सकेका थिएनन् । 


Advertisment
Nabil box
Kumari

एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले कम्तिमा कर्णाली प्रदेशबाट १ जना स्थायी समितिमा लिनुपर्ने माग पार्टी समक्ष गरेको बताए । पार्टीले कर्णाली प्रदेशका एमाले नेताहरुको भावना बुझेर सोही अनुरुपको जिम्मेवारी दिनेमा आफू आशावादी भएको बताए ।

Vianet communication
Laxmi Bank

एमाले प्रदेश कमिटी सदस्य यामलाल कंडेलले यसबारेमा आफू लाई जानकारी नभएको भन्दै थप जानकारीका लागि पार्टी उपाध्याक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीसँग कुरा गर्न लोकान्तरलाई आग्रह गरे ।

यता, प्रदेश संयोजक ज्ञवालीले स्थायी कमिटीमा पार्टीका बरिष्ठ नेताहरु मात्रै ल्याउने विधान रहेको बताए । उनले जिल्लाबाट यति वा यो प्रदेशबाट यति स्थायी समितिमा ल्याउने कुनै विधान नभएकोले वरिष्ठ नेताबाहेक अरु स्थायी समितिमा आउने सम्भावना कम भएको बताए । तर पनि एमाले कर्णाली प्रदेशले कम्तिमा  १ जना स्थायी समितिमा ल्याउनुपर्ने माग नेतृत्वसँग गरेको र नेतृत्वले अहिलेसम्म केहि निर्णय नगरेको उनको भनाई छ ।

जताततै माओवादी हावी

एमालेबाट स्थायी कमिटीमा शून्य सहभागिता हुनेभएपछि अहिले माओवादीका नेताहरु नै प्रदेश इन्चार्ज हुने, मुख्यमन्त्री पनि माओवादीकै हुने हुँदा २० सीट जितेर पनि एमाले निरीह बन्ने देखिएको छ । ,संसदीय दलको नेता पनि माओवादी कै भागमा पर्ने हुँदा एमालेका संसदीय दलका नेताको भूमिका के होला ? नाम नबताउने शर्तमा एमालेका एक नेताले भने, यस्तै हो भने यो प्रदेशमा माओवादी हावी हुने पक्का छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x