ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ सेवा

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ -ग्लोबल आइएमई बैंकले यससाता थप ४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ वैशाख ३१ गते सोमबारदेखि रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. १०, चारांगेमा ८०औँ, मिति २०७५ ज्येष्ठ १ गते मगंलबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ३, हार्दिनेटामा ८१औँ, सोही गाँउपालिकाकै वडा नं. ५ भेदुवामा ८२औँ र मिति २०७५ ज्येष्ठ २ गते बुधबारदेखि गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका वडा नं. २ हटियामा ८३औँ शाखारहित बैंकिङ सेवा शुरु गरेको हो । यससँगै ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १२९ वटा शाखा, १३१  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस