×

NMB BANK
NIC ASIA

चीनको प्रभावबाट नेपाललाई मुक्त गर्न सफल होला भारत ?

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको नेपाल भ्रमणपछि दुई देशको सम्बन्धमा मिठास आउला त ? यो प्रश्न अहिले जल्दोबल्दो छ । 

मोदीको यात्रा धार्मिक थियो भन्ने चर्चा सुनियो । तर नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार, यो यात्रामार्फत मोदीले आफ्नो छवि सुधार्ने प्रयास गरे र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने कोशिश पनि गरे । 

घिमिरे भन्छन्, ‘नेपालमा तीन वर्षपहिले लगाइएको आर्थिक नाकाबन्दीपछि मोदीप्रति यहाँ धेरै निराशा थियो । यो भ्रमणले उनको व्यक्तिगत छविलाई अलिकति उजिल्याएको छ ।’

उनी भन्छन्, ‘मोदी सरकारका कारण भारतले दक्षिण एसियाका छिमेकी देशसमक्ष आफ्नो हैसियत गुमाएको र ती देश चीननजिक पुगेकोमा सरकारको आलोचना भइरहेको छ । मोदीको भ्रमण पनि नेपाललाई कसरी फेरि भारतनजिक ल्याउने भन्नेमा केन्द्रित छ ।’

नेपालसँग भारतको सम्बन्ध यति खराब कसरी भयो ? भारतीय प्रधानमन्त्रीले किन बारम्बार भारत र नेपालको पुरानो तथा ऐतिहासिक सम्बन्धको याद दिलाइरहनुप–यो ? 

नेपालको राजनीतिका बारेमा जानकारी राख्ने आनन्दस्वरूप बर्मा यसका लागि भारतले गरेको केही गल्ती जिम्मेवार रहेको मान्छन् । 

वर्मा भन्छन्, ‘नेपाल तीनतिरबाट भारतबाट घेरिएको छ । भूपरिवेष्ठित भनेजस्तै नेपाल भारतपरिवेष्ठित छ । एकतिर चीन छ तर चीनतर्फ अप्ठ्यारा पहाड छन् र मौसमले पनि नेपाललाई चीनमाथि निर्भर हुन दिँदैन ।’

‘अब तीनतिरबाट नाकाबन्दी गरिएपछि नेपालले चीनतर्फ हेर्ने नै भयो । नाकाबन्दी लगाइएको २० दिनपछि नेपालले पेट्रोलका लागि चीनतर्फ हात बढाएको थियो । त्यतिखेर नेपालमा ओली सरकारप्रमुख थिए अनि अहिले पनि उनी नै
प्रम छन् । जाडोको समयमा उनले चीनसँग सहयोग नमागेको भए जनता भोकै मर्नुपर्थ्यो । चीनका लागि राम्रो अवसर थियो र उसले बेस्सरी सहायता ग–यो । अहिले पनि चीनले मद्दत गरिरहेको छ ।’

घिमिरे पनि आर्थिक नाकाबन्दीपछि नेपालले यस्तै स्थिति आएमा अर्को विकल्प खुला राख्नुपर्ने सोच राख्न थालेको बताउँछन् । 

उनी भन्छन्, ‘नाकाबन्दीपछि नेपालले व्यापार तथा पारवहनका लागि भारतमा मात्र भर पर्नु मुश्किल हुने थाहा पायो । चीनसँग पनि व्यापार र पारवहन बढाउनुपर्ने अनि मात्र नाकाबन्दीको स्थितिमा वैकल्पिक मार्ग खुल्ने नेपालले
बुझ्यो । नेपाली जनता यसबाट खुशी छन् र उसले ओली सरकार वा अन्य कुनै सरकारलाई यो मुद्दामा समर्थन गरेको छ ।’

मोदीले भारतको छिमेकी पहिले नीतिमा नेपाल अग्रस्थानमा रहेको बताउने गरेका छन् । भारतले यो नीतिको चर्चा पहिलेदेखि नै गरिरहेको हो तैपनि छिमेकी देशसँग उसको सम्बन्ध किन बिग्रियो ? आनन्दस्वरूप वर्माका अनुसार,
भारतका शासकहरूको औपनिवेशिक मानसिकताका कारण नै छिमेकीहरूसँग उसको सम्बन्ध राम्रो छैन । 

उनी भन्छन्, ‘छिमेकी नीति राजीव गान्धीको समयमा पनि थियो । भारतले नेपालमा मात्र नभई अन्य छिमेकी मुलुकलाई पनि उनीहरू भौगोलिक तथा आर्थिक रूपमा साना भएकाले आफ्नो स्याटेलाइट कन्ट्री मान्छ । यसैले गर्दा
छिमेकका कुनै पनि देशसँग भारतको सम्बन्ध राम्रो छैन ।’

भारतले आफ्नो देशको आन्तरिक मामिलामा दखल दिएको नेपालको चिन्ता हो । 

युवराज घिमिरे भन्छन्, ‘नेपालमा गरीबी होला, पछौटेपन होला, अशिक्षा होला तर ऊ स्वतन्त्र रहेको अनि कसैको उपनिवेश नबनेको कुरामा गर्व गर्छ । कसैले उसको सम्प्रभुतालाई चुनौती दिँदा ऊ आक्रोशित हुन्छ । सन् २००६ पछि
भारतले नेपालको आन्तरिक राजनीतिमा खुलेरै हस्तक्षेप गरेको नेपालमा धारणा छ ।’

भारतले नेपालको विश्वास कसरी जित्न सक्छ त ? पत्रकार आनन्दस्वरूप वर्माका अनुसार, यसका लागि छिमेकी देशको सम्प्रभुताको सम्मान गर्नु जरूरी छ । 

उनी भन्छन्, ‘भारतले अरू केही नगरेपनि कम्तीमा नेपाली जनताप्रति सम्मान देखाओस् । नेपाल र भारतबीचका सबै चेकपोस्टमा नेपालीहरू अपमानित नहुने व्यवस्था बन्नुपर्छ । भारत आउने वा भारतबाट फर्किने शिक्षित
नेपालीहरूलाई पनि प्रहरीले अपमान गर्छन्, जुन उनीहरू सहन सक्दैनन् ।’

चीनको प्रभाव नेपालमा बढ्दै जाँदा भारतले चिन्ता गर्नुपर्ला भनी सोधिएको प्रश्नमा वर्मा भन्छन्, ‘चीनले भारतसँग प्रतिस्पर्धा गरिरहेको छैन । अन्तर्राष्ट्रिय रूपमा अमेरिका उसको प्रतिद्वन्द्वी हो । भारत अमेरिकाको जुनियर पार्टनर
भएकोमा चाहिँ चीनले चित्त बुझाएको छैन । नेपाल चीनतर्फ मोडियो भने यो भारतको नेपालनीतिको विफलताको प्रमाण हो ।’

जानकारहरूका अनुसार, भारतले छिमेकी देशको विश्वास जित्नका लागि आफूले गरेका वाचा पूरा गर्नुपर्छ र उनीहरूलाई स्वतन्त्र र सम्प्रभु शक्तिका रूपमा स्वीकार गर्नुपर्छ ।

बीबीसी हिन्दीमा प्रकाशित आदर्श राठौरको रिपोर्टको भावानुवाद
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x