×

NMB BANK
NIC ASIA

५६ वर्षअघि यसरी फुटेको थियो नेकपा

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ४ जेठ- गठन भएको दुई वर्षपछि अर्थात् ००८ देखि नेकपामा गुटबन्दी सुरु भयो । त्यसबीचमा पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र दोस्रोबाट महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भए । ९ माघ ००८ मा जनता दलका नेता डा. केआई सिंहले गरेको सत्ता कब्जाको कदमलाई समर्थन गरेपछि १० माघमै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो ।

Muktinath Bank

तर, नेकपाका महामन्त्री मनमोहन अधिकारीका नाममा संवैधानिक राजतन्त्र स्वीकार गरिएको विज्ञप्ति जारी भएपछि ४ वैशाख ०१३ मा प्रतिबन्ध हटेको प्रा. डा. सुरेन्द्र केसीले पुस्तक ‘नेपाल कम्युनिस्ट पार्टीको इतिहास’मा लेखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपछि नेकपामा दुई लाइन संघर्ष चर्कियो । तर, पार्टी विभाजनकै स्थितिमा भने पुगेको थिएन । १ पुस ०१७ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि तत्कालीन महासचिव केशरजंग रायमाझीले शाही कदमको समर्थन गरे । त्यतिवेला उनी मस्कोमा थिए ।


Advertisment
Nabil box
Kumari

रायमाझीको यही निर्णय नै पार्टी फुटको कारण बन्यो । ०१८ मा भारतको दरभंगामा बसेको पार्टी विस्तारित बैठकमा रायमाझीले संसदीय प्रणाली पुनस्र्थापना हुनुपर्ने प्रस्ताव गरे । उनको पक्षमा पार्टीभित्र रहेको १७ मत थियो जुन अल्पमत थियो । संविधानसभाको निर्वाचनमा जानुपर्छ भन्ने प्रस्तावको पक्षमा बहुमत थियो । तर, यो पनि कार्यान्वयन भएन ।

Vianet communication
Laxmi Bank

विवादबीच ४–१५ वैशाख ०१९ मा भएको तेस्रो महाधिवेशनले महासचिव रायमाझीलाई पार्टीबाट हटायो । तर, उनले आफ्नो समूह पुनर्गठित गरे । तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव निर्वाचित भए, तर संस्थापक पुष्पलालबीच मतभेद चुलिएर पार्टी फुट्यो । पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर आफ्नो समूहको अलग्गै सम्मेलनमार्फत नयाँ केन्द्रीय समिति बनाए, आजको नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x