×

NMB BANK
NIC ASIA

यी हुन् रुसमा हुने विश्वकपमा नदेखिने ५ खेलाडी

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१४ विश्वकपका नायक गोट्जे
चार वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपका नायक बनेका मारियो गोट्जेलाई यसपटक रुसमा हुने विश्वकपमा देख्न पाइने छैन। सन् २०१४ मा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० गोलले हराएर जर्मनी चौथोपटक विश्व च्याम्पियन बन्न शौभाग्य प्राप्त गरेको थियो। जर्मनीलाई जित दिलाउन बोरुयिा डर्टमन्डका स्ट्राइकर गोट्जेको गोलको प्रमुख भूमिका रहेको थियो। अतिरिक्त समयमा कठिन कोणबाट गोल गरेर उनी नायक बने। तर, हालै जर्मनीको विश्वकप खेल्ने टोलीको घोषणा गर्दा उनको नाम सूचित भएन।
जर्मनीका मेनेजर जोएचिम लोउले गोट्जेको खराब फर्मका कारण टोलीमा नराखेको बताएका छन्। ‘हामीले देख्यौं यो उनको सिजन राम्रो भएको थिएन। उनको क्वालिटी पनि देखिएन। विश्वकपका लागि उनको फर्म ठीक छैन।’ –उनले बताए।

Muktinath Bank

  एलेक्सिस सान्चेज
जुनमा शुरू हुने विश्वकपमा एलेक्सिस सान्चेजलाई पनि उनका समर्थकले हेर्न पाउने छैनन्। सान्चेजको विश्वकपमा खेल्ने चाहना त्यतिबेला तुहिन थालेको थियो जतिबेला ब्राजिलले चिलीलाई ३–० गोलअन्तरले हरायो। अर्को खेलमा पेरुले कोलम्बियाविरुद्ध अन्तिम मिनेटमा बराबरी गरेपछि चिलीको प्लेअफमा खेल्ने आश समाप्त भएको थियो। चिली बाहिरिएपछि सान्चेजले पनि विश्वकप खेल्न नपाउने भएका हुन्। उनले घरैमा बसेर विश्वकप हेर्नुपर्ने भएको छ भने दर्शकले उनको सानदार खेल हेर्ने अवसर गुमाउने भएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गेरेथ बेल
गेरेथ बेल वेल्सका सानदार खेलाडी हुन्। रियल मेड्रिडबाट खेल्ने बेलको पनि विश्वकप सपना त्यतिकै समाप्त भयो। जब वेल्सले विश्वकपका लागि ढकढक्याएको ढोका नखोलेपछि बेल पनि रुसमा खेल्नेबाट वञ्चित भए। युरो–२०१६ मा सानदार प्रदर्शनकै कारण वेल्सको विश्वकपमा पुग्ने आशा बलियो बनाएको थियो। तर, विश्वकपको प्लेअफमा वेल्सलाई रिपब्लिक आयरल्यान्डले स्तब्ध पारेपछि बेलका लागि विश्वकप सम्भव हुन सकेन।


Advertisment
Nabil box
Kumari

गियानलुइगी बुफोन 
विश्वकपमा नदेखिने सूचीमा ३९ वर्षीय गियानलुइगी बुफोन पनि परेका छन्। बुफोन यस्तो खेलाडी हुन् जसको परिचय दिइरहनुपर्दैन। बुफोनले एउटा आशा राखेका थिए कि विश्वकपछि रिटायर्ड हुने। तर, विश्वकप खेल्न नपाउँदै उनले आँशुका साथ आफ्नो ग्लोभ किलामा झुन्ड्याउनुपरेको छ। सायद उनले घरमै बसेर विश्वकपको मजा लिनेछन् होला। प्लेअफ खेलमा स्विडेनसँग हारेपछि चारपटकको विश्व च्याम्पियन इटालीले पहिलोपटक विश्वकप मिस गरेको छ। साथै राष्ट्रका लागि १ सय ७५ क्याप जितेका गोलकिपरले आफ्नो अन्तिम जादु देखाउन पाएनन्। तर, उनले नखेले पनि विश्व फुटबलमा अर्का बुफोन जन्मने सायद होला।

Vianet communication
Laxmi Bank

आर्यन रोबेन
आर्यन रोबेनको नाम लिनासाथै अघिल्ला तीन विश्वकपमा सानदार प्रदर्शनको सम्झना दिलाउँछ। रोबेनले यसपटक पनि विश्वकप खेल्ने आशा त गरेका थिए। तर, हल्यान्डको विश्वकप यात्रा समूह चरणमै सीमित भएपछि रोबेनको चौथो विश्वकप खेल्ने आशा समाप्त भयो। उनले स्विडेनविरुद्धको खेलमा २ गोल गरेका थिए। यही खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सावित भयो। किनभने यसपछि उनले संन्यासको घोषणा गरेका थिए। ३४ वर्षीय रोबेनलाई उमेरले प्रदर्शन खस्केको पनि छैन। उनको सबैभन्दा उत्कृष्ट कला बायाँ खुट्टाले बललाई मैदानमा नचाउने र सीधै जालीमा हान्ने हो। यो पनि सत्य हो कि रोबेन जस्ता खेलाडी हल्यान्डमा जन्मने छैन। -नेपाल समाचारपत्रबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x