×

NMB BANK
NIC ASIA

खोलामा माफियाको दादागिरी, नियमन गर्नुपर्ने व्यक्तिको आफ्नै क्रसर !

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ४ जेठ–खोलाको मध्य बगरमा स्काभेटरले धमाधम खन्दैछ । खनेको ठाउँमा सिधै टिप्परहरू पुगेर ढुङ्गा, गिट्टी र बालुवा ओसार्दैछन् । आसपासमा निकै गहिरा–गहिरा खाडल बनिसकेका छन् ।
ती खाल्डाभित्र सिघै टिप्पर छिर्छन्, अनि भरी ढुंगा–बालुवा लिएर निस्किन्छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रकृतिको दोहन देख्दा निकै उराठ लाग्छ । हामी कुरा गरिरहेका छौं, मोरङको केराबारी गाउँपालिकासँग जोडिएको खदम खोला किनारको ।

Muktinath Bank

बिहीवार बिहान करीब १० बजेको अवस्था हेर्दा लाग्थ्यो, खोला सबै भू–माफियाको हातमा छ । यहाँ मात्र होइन, मोरङका एक दर्जन बढी खोलाहरूको अवस्था यस्तै छ । रिपोर्टिङका लागि खोलामा पुगेका हामी त्यहाँको अवस्थाको बारेमा जानकारी लिँदै थियौँ । यसरी क्रसर सञ्चालन गर्दै गरेको ठाउँ निक्कै नै संवेदनशील मानिन्छ । यहाँ समाचार संकलनका लागि जो कोही पुग्नै सक्दैनन् । यहाँका क्रसर व्यवसायीलाई स्थानीय प्रशासनले संरक्षण दिँदै आएको छ । हामीले समाचार संकलनका लागि केही परबाट फोटो तथा भिडियोहरू खिच्दै गर्दा केही गुण्डाहरू परिचालित भएको देखिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

गुण्डा पिछा गर्छन्

Vianet communication
Laxmi Bank

हामीले फोटो खिच्दै गरेको अवस्थामा एक युवा मोटरसाइकलमा हुइँकिँदै हामी भएको ठाउँमा आइपुगे । उनी एक फन्को लगाएर फर्किएलगत्तै खोलाको बीचमा भएका २–३ वटा मोटरसाइकल उसैगरी फिल्मी शैलीमा निकालेर हामी भएको ठाउँतिर आउँदै गर्दा २ जना तल्तिर लागे, अर्का एकजना हामीले फोटो खिचेकोभन्दा माथितिर आउँदै थिए ।

हामी पनि मोटरसाइकल लिएर माथि केराबारी तिर लाग्यौं । बाटोमा हामीले खोला गाहिर्‍याएको फोटोे खिच्नै लाग्दा ती युवा हामीभन्दा अघि आएर मोटर साइकल रोकेर हामीलाई नियालिरहेका थिए । फोटो खिचेर हामी अघि बढ्दै गर्दा उनले हामीभन्दा अघि मोटरसाईकल हुईँक्याउँदै अघि बढे । अनी हामीभन्दा अघिपछि गर्दै उनले हामीलाई पछ्याउँदै थिए । उनीसँगै अन्य केही युवाहरू पनि उस्तै शैलीमा देखिन्थे । उनीहरूले हामीलाई केराबारी चोकसम्म पिछा गरे । हामी केराबारीमा करीब १ घण्टा बसेपछि उनीहरू हराए  । अनी हामी त्यहाँको वास्तविकता लिन गाउँपालिका कार्यालयमा पुग्यौँ ।

केराबारीका ३ क्रसरलाई अध्यक्षको साथ !

मोरङको केराबारी गाउँपालिकामा रहेको खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीनवटा क्रसर उद्योगले मापदण्ड मिचेका छन्  ।

यसरी मापदण्ड मिच्नेमा यी क्रसर मात्र रहेनन् । जिल्लाभित्र रहेको २२ भन्दा बढी क्रसर मध्ये ८ वटा बाहेक सबै छन् । यी क्रसर अधिकांश मापदण्डविपरीत रहेको संसदहरूले निकालेको विज्ञप्तिले पनि प्रस्ट पार्छ । सांसदहरू सूयर्माराज राई, कुलप्रसाद साम्बा र उपेन्द्र घिमिरेले विज्ञप्ति नै जारी गरेर नियम मिच्ने क्रसर उद्योगलाई कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।

सरकारले प्राकृतिक स्रोत उत्खनन् तथा अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले त्यसको संरक्षण तथा अनुगमन गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्षको नै क्रसर रहेको पाइएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीकै अध्यक्षतामा बसेको बैठकले निर्माणको काममा भन्दै खोला दोहन गर्न दिने निर्णय गरेको थियो ।

अध्यक्ष कार्कीले भने, ‘हामीले निर्माणको कामलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने लागेर ७ दिनको लागि क्रसर खुलाएका हौं ।’

तर अनुमति दिइएको भए पनि त्यसको नियमन गर्ने काम भने गाउँपालिकाबाट भएको देखिएन । यसमा गाउँपालिकाका अध्यक्ष कार्कीको समेत सोही खोलामा क्रसर सञ्चालनमा रहेको छ । ३ वटा क्रसरमध्ये उनको एउटा रहेको उनैले स्वीकार गरे ।

जनप्रतिनिधि आफ्नै ढुंगागिटी उत्खनन् गर्ने क्रसर उद्योग सञ्चालक भएका कारण खोलाको दोहन हुने गरी भएको उत्खननमा अहिले कसैलाई डर छैन । यस्तो उत्खनन्मा भएको निर्णयको विषयमा भने गाउँपालिाका उपाध्यक्षलाई चित्त बुझेको छैन । गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले आवश्यकता भए पनि अहिले भइरहेको गतिविधि जसरी गर्नुपथ्र्यो त्यसअनुसार नभएको र अनियमितता भएको बताइन् । बैठकमा निर्णय गरेको विषयमा सोधिएको प्रश्नमा उनले विकास निर्माणको नाममा गरिएको निर्णयलाई गलत प्रयोग गरिएको आरोप लगाइन् । निर्णयपछि खदम खोलामा मौकामा चौका हान्ने काम भएको सुनाइन्  ।

यस्तो हुनुको कारण भनेको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुन् । अहिले पनि उनको क्रसरमा लगानी छ । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठ, ८ का मनोज खड्का र १० का जंग खवासले खदम खोलामा क्रसर उद्योग सञ्चालित छ ।

यसरी उत्खननमा एकखालको गाडी सिफारिस भएकोमा अर्को खालको साधन प्रयोग भएको पाइएको छ । अनुमति एउटाको दिइनु र अर्कै हेभी इक्युपमेन्टको प्रयोग भइरहेको अवस्थामा पनि सबै जनप्रतिनिधिले सहयोग नगर्दा हेरेर बस्नुपर्ने बाध्यता भएको उपाध्यक्ष लिम्बुले बताइन् ।

तस्करसँग प्रशासनको साँठगाँठ

यसरी प्राकृतिक स्रोत साधनको दोहन हुँदा पनि स्थानीय प्रशासन रमिते बनेको छ । यसबारे जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समितिलाई दोष लगाउँदै आएको छ भने जिल्ला समन्वय समितिले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई आरोप लगाउँदै आएको छ । तर अहिले भइरहेको उत्खनन्को ठेक्का जिल्ला समन्वय समितिले लगाएको हो । यसरी लगाएको ठेक्काको अनुगमन नियन्त्रण र कारवाही पनि यही कार्यालय माताहत र जिल्ला प्रशासनले गर्नुपर्नेमा त्यस्तो नगर्दा समस्या आएको हो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी शोभाकर रेग्मीले आफ त्यो जिम्मेवारीबाट पन्छिन खोजेको देखियो । ठेक्का लगाएको ठाउँमा नै उत्खनन् भइरहेको उनले प्रतिक्रिया दिए । तर केही अवैध गतिविधि भएको नपाइएको भए पनि उनले अनुगमनको क्रममा त्यस्तो नदेखिएको सुनाए । अझ उनले समय समयमा आउने विवाद गाउँका व्यक्तिहरूमा कुरा नमिल्दाको परिणाम भएको बताए ।

समिति गठन

अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योगले प्राकृतिक स्रोत साधानको दोहन गरेको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले एउटा छुट्टै समिति बनाएको छ । क्रसर उद्योगले प्राकृतिक स्रोत साधानको उत्खनन्का बारेमा अनुगमन तथा अध्ययन अनुसन्धान गर्न विषयगत कार्यालयका प्रतिनिधि र प्राविधिक संलग्न एक समिति गठन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा विषयगत कार्यालयहरूका प्रतिनिधिहरू अनुगमन तथा अध्ययान अनुसन्धान समिति बनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले मापदण्डविपरीत चलेका क्रसर उद्योग, त्यसैगरी मापदण्ड विपरीत ढुंगागिट्टी उत्खनन् लगायतका विषयको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन, अनुसन्धानले गर्ने अधिकार दिइएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x