×

NMB BANK
NIC ASIA

चिनियाँ मुसलमानको पीडा : ‘हातगोडा बाँधेर रक्सी पियाइयो’

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ – केही दिनअघि चीनले आफ्नो क्षेत्रमा रहेका मुसलमानहरूलाई शिक्षित बनाउनका लागि क्याम्प खोलेको छ । यस क्याम्पमा बसेका एक मुसलमानले आफ्नो पीडा सुनाएका छन् जसबाट बेइजिङमा उनीहरूको दयनीय स्थितिको बारेमा थाहा हुन्छ ।

कायरत समरकन्दका अनुसार, उनको एकमात्र अपराध भनेको उनी मुसलमान हुन् र छिमेकी मुलुक कजाखस्तान गए । यत्तिको आधारमा उनलाई हिरासतमा लिइयो, तीन दिनसम्म कडा प्रश्न सोधियो र नोभेम्बरमा चीनको सिनजियाङमा तीन महिनाका लागि रिएजुकेसन क्याम्प लगियो । 

कुरा यत्तिमा टुंगिएन । एक अन्तर्वार्तामा समरकन्दले बताएअनुसार, क्याम्पमा उनलाई लगातार बेइज्जत गरियो र उनको ब्रेनवाश गर्ने प्रयास गरियो । हरेक दिन घन्टौंसम्म उनलाई कम्युनिस्ट प्रोपागान्डा पढ्न बाध्य पारियो । यतिले नपुगेर उनलाई हरेक दिन राष्ट्रपति सी चिनफिङलाई धन्यवाद भन्ने तथा लामो उमेरको कामना गर्ने नारा लगाउन लगाइयो । 

समरकन्दले बताए, ‘यो नियमको पालना नगर्ने, बहस गर्ने वा पढ्न आउन ढिलो गर्ने व्यक्तिको हात र गोडा १२ घन्टाका लागि बाँधिन्थ्यो ।’ नियम पालन नगर्नेको मुखमा पानी खन्याइन्थ्यो ।

मंगलवार जारी एक रिपोर्टमा युरोपियन स्कूल अफ कल्चर एन्ड थियोलोजीका आद्रियान जेन्जले चीनको यस्ता रिएजुकेसन क्याम्पमा हजारौं मुललमानलाई राखिएको छ । 

चीनको सिनजियाङ प्रान्तमा लगभग एक करोड १० लाख मुसलमान छन् र कुल जनसंख्या दुई करोड १० लाख छ । यिनीहरूमध्ये धेरैलाई हिरासतमा लिइएको छ जसमा अधिकांश युवा पुरुष छन् ।

चीनको सिनजियाङमा बस्ने मुसलमान समुदायमाथि आतंक फैलाएको आरोप लगाउँदै सरकारले अनेकौं प्रतिबन्ध लगाएको छ । अघिल्लो वर्षको सेप्टेम्बरमा सिनजियाङ प्रान्तका अधिकारीहरूले उइगुर समुदायलाई चेतावनी दिँदै
उनीहरूको कुरान, नमाज पढ्ने म्याट सहित सबै धार्मिक कुराहरू सरकारलाई बुझाउन भनेका थिए । यसो नगरेमा कडा सजाय दिइने बताइएको थियो ।

करामागे गाउँको एक क्याम्पमा लगभग पाँच हजार ७०० मानिसलाई बन्दी बनाएर राखिएको छ । तिनमा सबै कजाखस्तान वा उइगुर समुदायका हुन् । तीमध्ये लगभग २०० मानिस धार्मिक अतिवाद बढाउनमा संलग्न रहेको बताइएको
छ । आफूहरूसँग बसेका अनेकौं मानिसले आत्महत्या गरेको उनीहरू बताउँछन् ।

रिएजुकेसन क्याम्पमा रहेका ऊमर बेकालीले भने, ‘क्याम्पहरूमा घटिया खाना खुवाइन्छ । मासु खान खासै दिँइदैन । फूड पोइजनिङ सामान्य छ । कहिलेकाहीँ सजायका रूपमा सुँगुरको मासु खान बाध्य पारिन्छ जुन इस्लाममा हराम मानिन्छ । धार्मिक उग्रवादीलाई बढाएको आरोप लागेकाहरूलाई रक्सी समेत पियाइन्छ ।’

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x