कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं, ४ जेठ– धूलोधुवाँ नियन्त्रणका लागि सरकारले बर्सेनि लाखौं रकम विनियोजन गर्ने गरेको छ ।
स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका समयमा सबै दलका नेताहरूले राजधानीको धूलो नियन्त्रणको कार्यलाई आफ्नो प्रमुख एजेण्डासमेत बनाएका थिए । तर राजधानीमा धूलोधुवाँ नियन्त्रण भने हुन सकेको छैन । मानिसहरू सडमा निस्कँदा मात्रै होइन राजधानीबासीहरू घरमै बस्दा समेत मास्क लगाउनुपर्ने अवस्था छ । राजधानीमा धूलोधुवाँका कारण वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ ।
वायु प्रदूषणले अवस्था खराब रहेका देशहरूको सूचीमा नेपाल पाँचौ स्थानमा रहेको ‘इन्भायरमेन्ट पफर्मेन्स इन्डेक्स’ को प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको तत्थ्याङ्क अनुसार १० जनामध्ये एकजना मानिसले प्रदूषित हावामा श्वास फेरिरहेका छन् । अव्यवस्थित शहरीकरण र जनसंख्याको अत्यधिक चापका कारण राजधानीमा वायु प्रदूषण बढ्दै गएको हो । शहरी क्षेत्रहरूमा सवारीसाधनबाट निस्कने धुवाँले गर्दा वातावरण प्रदूषित हुने गरेको छ ।
धूलोधुवाँका कारण मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
धूलोका कणहरू धुम्रपानजस्तै हानीकारक रहेकाले धूलोका कारण मानिसहरूमा दम, क्यान्सरलगायतका रोगको जोखिम बढ्दै गएको वीर अस्पतालका चेस्ट युनिट प्रमुख डा. अशेष ढुङ्गानाले बताए । वायुमा भएको धूलोका कणहरू श्वास फेर्दा सिधै फोक्सोमा जाने भएकाले मुटुलाई समेत धूलोले असर परिरहेको उनको भनाइ छ ।
‘अहिले नेपालमा छाती रोगका बिरामीहरू निकै बढेका छन् । छातीसम्बन्धी रोग बढ्नुको एउटै कारण वायु प्रदूषण हो,’ डा. ढुङ्गानाले लोकान्तरसँग भने, ‘प्रदूषित हावा चुरोटभन्दा पनि हानिकारक हुन्छ, राजधानीको धूलोमा चुरोटजस्तै क्यान्सर गराउने तत्वहरू छन् ।’ उनका अनुसार राजनाधीबासीको स्वास्थ्यमा धुम्रपानले जस्तै धूलोले असर गरिरहेको छ ।
धूलोले बढे दमका बिरामी
पहिले सुर्तीजन्य पदार्थ तथा धुम्रपानको प्रयोग गर्ने व्यक्तिलाई मात्रै क्यान्सर, दम, लगायतका समस्या देखिन्थ्यो । तर पछिल्लो समय धूलोधुवाँकै कारण धुम्रपान नगर्ने व्यक्तिहरूमा समेत दम, मुटुरोग, क्यान्सरजस्ता रोगहरू देखिएको डा. ढुङ्गानाले बताए ।
‘नेपालमा वैज्ञानिक तबरमा अध्ययन नै त भएको छैन, तर पनि पछिल्लो समय कम उमेर समूह र चुरोट नखाने मानिसमा पनि दम, मुटुरोग, क्यान्सरका बिरामी बढ्न थालेका छन् । यसको कारण धुवाँधूलो नै हो,’ डा. ढुङ्गानाले भने ।
वीर अस्पतालमा धूलोधुवाँकै कारण दमका बिरामीहरू आउने क्रम बढेको छ । वीर अस्पतालको आकस्मिक कक्षमा मात्रै दैनिक १० जनासम्म बिरामी दमको समस्या लिएर आउने गरेका अस्पतालले जनाएको छ । वीर अस्पतालको चेस्ट युनिटमा मात्रै दैनिक ७५ देखि ७० जनासम्म बिरामी आउने गरेका छन्, जसमा सबैभन्दा बढी धूलोकै असरले दम बढेर आएका बिरामी रहेको डा. ढुङ्गानाले बताए । चुरोट सेवन नगर्ने कम उमेरका बिरामीमा समेत दमको समस्या बढ्दै गएको उनको भनाइ छ ।
वायु प्रदूषणले दीर्घ रोगका बिरामीहरू झनै मारमा परेका छन् । ‘श्वासप्रश्वासका दीर्घ रोगीहरूलाई धूलोधुवाँले प्रतिकूल असर गरिरहेको छ, उनीहरूमा एक्कासि दम बढ्ने समस्या देखिएको छ, धूलोले सामान्य मानिसहरूमा पनि दमको समस्या बढाएको छ,’ डा. ढुङ्गानाले भने, ‘महिला, बालबालिका र वृद्धवृद्धाहरू धूलोधुवाँबाट सबैभन्दा पीडित बनेका छन् । बालबालिकाहरूमा धूलोका कारण फोक्सोको ग्राथलाई नै असर गरेको छ ।’
धूलोले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन धूलोधुवाँबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...