×

NMB BANK
NIC ASIA

विष्णु पौडेलको उदय

शक्तिशाली कम्युनिस्ट पार्टीका शालीन महासचिव पौडेल : जो सधैं पुल बनिरहे

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

देशका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ को महासचिव बन्ने अवसर विष्णु पौडेलले पाएका छन् । कम्युनिस्ट पार्टीमा महासचिव पदलाई शक्तिशाली र भावी नेतृत्वको रूपमा हेर्ने गरिन्छ ।

Muktinath Bank

साबिकको नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको शक्तिशाली कम्युनिस्ट पार्टीको सञ्चालन ९ सदस्यीय ‘हाइकमाण्ड’ ले गर्नेछ । सचिवालयमा रहेका ९ जनामध्ये अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि पार्टी सञ्चालनको जिम्मा पौडेलको हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत पार्टीको केन्द्रीय र दुई ठूला पार्टीको तल्लो तहसम्मको समायोजन गर्नका लागि महासचिवको भूमिका मुख्य हुनेछ ।


Advertisment
Nabil box
Kumari

महासचिवमा पौडेलको चयनले कम्युनिस्ट पार्टीको नेतृत्व अब बिस्तारै दोस्रो पुस्तामा जाने संकेत पनि गरेको छ ।

Vianet communication
Laxmi Bank

सधैं मिलाउने प्रयास

२०७० सालको निर्वाचनपछि दोस्रो संविधानसभा गठन भयो ।  त्यस अन्तर्गतको संविधान अभिलेख, अध्ययन तथा निर्क्यौल समितिको सभापति बनेका थिए विष्णु पौडेल । अन्य समिति अलमलमा रहेको समयमा सबैभन्दा पहिला प्रतिवेदन बुझाउने काम पौडेलले नै गरेका थिए ।

२०६४ सालको चैतमा पहिलो संविधानसभा निर्वाचनपछि गठित संविधानसभा व्यवस्थापिका संसदमा सहमतीय कि बहुमतीय प्रणालीको सरकार भन्नेमा लामो बहस भयो । तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सत्ता हस्तान्तरणमा आनाकानी गरे ।

राष्ट्रपति निर्वाचनमा माओवादीले खेलेको कच्चा खेलका कारण ऊ एक्लिएको थियो । माओवादीले एमालेलाई पटक–पटक झुक्याएको थियो । तैपनि एमालेको समर्थनमा माओवादी नेतृत्वको सरकार बनेरै छाड्यो । जानकारहरूका अनुसार त्यसको खास योजनाकार थिए विष्णु पौडेल ।

प्रचण्ड सरकारमा पौडेलले ऊर्जामन्त्री बनेर काम गरे । त्यही समयदेखि प्रचण्ड र पौडेलबीच शुरु भएको घनिष्ठताले दुई पार्टीलाई एक बनाउने तहमा ल्याइपुर्‍याएको विश्लेषण गरिन्छ । अर्थात् दुई पार्टीलाई मिलाउन पौडेलले मुख्य भूमिका खेले ।

पार्टी एकताका सूत्रधार

गत वर्ष २०७४ मंसिर २१ गते केन्द्र र प्रदेशका चुनाव सम्पन्न भए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई चुनावी गठबन्धनको तहसम्म ल्याइपुर्‍याउन पौडेलले प्रमुख भूमिका निर्वाह गरे ।

चुनावपछि एमाले र माओवादीबीच पार्टी एकीकरणमा प्रश्न उठिरहेको थियो । तर पौडेल भने आश्वस्त थिए । पुस २१ गते लोकान्तर डट्कमसँगको एक अन्तर्वार्तामा पौडेलले भनेका थिए – ‘पार्टी एकता २४ या ४८ घण्टामा सकिने विषय होइन, नेतृत्वमा समस्या छैन ।’

पार्टी एकताका लागि एमालेबाट वामदेव गौतम र पौडेल तथा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा सक्रिय थिए । त्यसमा पनि मुख्यतः पौडेलले निर्णायक भूमिका निर्वाह गरेको दुवै पार्टीका शीर्ष नेताहरूले बताउने गरेका छन् । पौडेलपछि शर्माको भूमिका उल्लेख्य रहेको बताइन्छ ।

नयाँ पार्टीका महासचिव पौडेल साबिकको एमालेमा उपमहासचिव थिए ।

पार्टीमा सबैको प्यारो

नेकपा एमालेभित्रको शक्ति सन्तुलनमा पौडेल जहिले पनि निर्णायक रहे । पार्टीको नवौं महाधिवेशनमा पौडेललाई महासचिवको उम्मेदवार बनाएर माधवकुमार नेपाल समूहले आफ्नो पक्षमा तान्न खोजेको थियो । तर पौडेलले ओलीलाई छाडेनन् ।

ओली समूहबाट महाधिवेशनमा उपमहासचिव लडेपनि यसबीचमा पार्टीमा सन्तुलन मिलाउने काम पनि पौडेलले गरे । पछिल्लो समयमा माओवादीसँगको पार्टी एकताका लागि ओली र माधव नेपालबीच सन्तुलन मिलाउने काममा पनि पौडेल नै सक्रिय रहे ।

लेखाइ र प्रविधिमा अब्बल

राजनीतिक पार्टीका प्रायः नेताहरू अध्ययन, लेखन र प्रविधिमा रुचि राख्दैनन् । रुचि राखेपनि मिहिनेत गर्दैनन् । विष्णु पौडेल यी मामिलामा अपवाद हुन् । पार्टीका रणनीतिक योजनादेखि समृद्धिका सपनासम्मका दस्तावेज लेखनमा उनी आफैं खट्छन् । शीर्ष नेताहरूका बीचका कुनै कुनै वार्तामा आउँदो बैठकमा लिखित दस्तावेजसहित बसौं न त भन्ने सहमति हुन्छ । अर्को बैठकमा पार्टी नेताहरूको भेट हुन्छ ।

प्रायः अन्य नेता चर्को स्वरमा आफ्नो भनाइ राखेर जबर्जस्त आफूतिर ध्यान तान्न खोज्छन् । तर पौडेल यस्ता पात्र हुन् जसले लिखित आवश्यक परेका बखत दस्तावेज पेश गर्छन् र अरूका प्रस्तुतिलाई फिक्का तुल्याइदिन्छन् । उसो त पौडेल आफैं कम्प्युटर टाइप गर्छन् । उनको साथमा ल्यापटप प्रायः टुट्दैन । कुनै कुनै बैठकमा त उनले ल्यापटपमै ‘टिपोट’ गर्ने गरेको पार्टी नेता र कार्यकर्ताहरूबीच चर्चा हुने गर्छ ।

भूगोलसँग गाढा साइनो

पार्टीका प्रायः नेता भौगोलिक हिसाबले विकट मानिने स्थानमा खटिन रुचाउँदैनन् या आनाकानी गर्छन् । यो मामिलामा पनि पौडेल अपवाद छन् । भूगोल अर्थात् पार्टीले खटाएको कार्यक्षेत्रमा खटिने मामिलामा पौडेल अन्य नेताभन्दा अग्रपंक्तिमा पर्छन् । त्यो उनको पुरानो बानी पनि हो ।

२०४८ सालमा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले पौडेललाई महाकाली अञ्चलको इन्चार्ज बनाएर खटाएका थिए । पौडेलको गतिशीलता, सक्रियता र नेतृत्व क्षमता बुझेरै भण्डारीले उनलाई महाकाली अञ्चल इन्चार्जको जिम्मा दिएको विश्लेषण गरिन्छ । महाकाली अञ्चलको इन्चार्ज भएर खटिँदा पौडेल जम्मा ३२ वर्षका थिए ।

रोचक के भने २०४८ सालमा पौडेल जहाँ खटिए, त्यहाँ नेपाली काँग्रेसको दबदबा थियो । महाकालीको १९ मध्ये १८ वटा क्षेत्रमा नेपाली काँग्रेसले जितेको थियो । त्यो परिस्थितिमा पनि पौडेलले उक्त कार्यक्षेत्रमा खटिन कुनै आनाकानी गरेनन् । उनी इन्चार्ज भएर गएपछि त्यहाँको पार्टी संगठन सुधारमा उल्लेख्य भूमिका खेलेको पार्टीभित्रै चर्चा हुन्छ ।

स्याङ्जाबाट बुटवल झरेका पौडेल आफ्नो भूगोलसँग सधैं नजिक रहेर काम गर्छन् । उनले लुम्बिनी अञ्चल इन्चार्ज, पश्चिमाञ्चल इन्चार्ज लगायतका भूमिका निभाइसकेका छन् । दिइएका भूमिकामा खरो उत्रेर पौडेलले नेतृत्व गर्न सक्छ भन्ने सन्देश पार्टीमा स्थापित गराउँदै आएका थिए ।

जनआन्दोलन उठाए, उत्कृष्ट बजेट ल्याए

२०६२/०६३ कोे जनआन्दोलनमा शुरुका दिनमा दलहरूले जनता सडकमा उतार्न सक्लान् ? या नेताको कुरा सुनेर जनता तत्कालीन राजाको कदमविरुद्ध सकडमा आउलान् ? भन्ने ठूलो अन्योल थियो । जताततै व्याप्त उक्त अड्कलबाजीलाई फिक्का तुल्याइदिने काममा पनि पौडेलले नजिरयोग्य भूमिका खेले । उनै पौडेलको नेतृत्वमा २०६२ साल मंसिर ४ गते लुम्बिनीमा राजाको कदमका विरुद्ध ‘जनसागर’ सडकमा ओर्लेको थियो । राजाको कदमविरुद्ध उत्रेको त्यो पहिलो मानवसागर थियो ।

लुम्बिनीको त्यो जनसागरले जनता राजाको कदमसँग खुशी छैनन्, जनता दलहरूकै साथमा छन् भन्ने ठूलो सन्देश प्रवाह गर्‍यो । लुम्बिनीपछि अन्यत्र जहाँ–जहाँ राजाविरोधी आन्दोलन भए, त्यहाँ जनताको व्यापक सहभागिता रह्यो र जस लुम्बिनीले पाइरह्यो । लोकतन्त्रको पक्षमा आन्दोलनलाई उठान गर्न पौडेल पछि देशैभर सक्रिय रहे । २०६२/०६३ को आन्दोलनमा पौडेलले लिएको नेतृत्वदायी भूमिकालाई यस अर्थमा पार्टीभित्र महत्त्वका साथ हेर्ने गरेको पाइन्छ ।

केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाए । उनी अर्थमन्त्री भएपछि मुलुकको अर्थतन्त्र कता जाला,  कस्तो असर पर्ला भनेर थुप्रै अड्कलबाजी काटिए । तर पौडेलले जुन बजेट ल्याए, त्यसको चौतर्फी प्रशंसा भयो । २०५१ सालपछि लोकप्रिय बजेट ल्याएको भनेर पौडेलको प्रशंसा एकाएक चुलियो ।

अनेकौं आशंका र अड्कलकाजीबीच पौडेलले उत्कृष्ट बजेट ल्याएको अर्थशास्त्रीहरूले नै विश्लेषण गरे । उक्त बजेटमा ठूला परियोजनालाई महत्त्वका साथ प्रस्तुत गरिएको थियो र ती योजनाले आज पनि निरन्तरता पाइरहेका छन् । पछिसम्म निरन्तरता पाइरहने दिशामा छन् । पौडेलले विकास र योजनाका बारेमा छलफल गर्दा ठूलो र दीर्घकालीन सोचका साथ विश्लेषण र समीक्षा गर्ने अनि त्यहीअनुसारको रणनीति निर्माणमा जोड दिने गरेको उनीसँग काम गरेका प्रशासकहरू बताउँछन् ।

निर्वाचन क्षेत्रमा नमूना विकास

पछिल्ला तीनवटा निर्वाचनमा लगातार चुनाव जित्ने नेतामध्ये पर्छन् विष्णु पौडेल । २०६४ सालको चुनावमा एमालेले निराशाजनक पराजय बेहोर्दा पौडेलले लुम्बिनी अञ्चलमा एमालेको शाख जोगाएका थिए ।

२०७० सालको संविधानसभा चुनावमा त्यतिबेलाका ‘शक्तिशाली’ माओवादीका दोस्रो वरीयताका नेता डा. बाबुराम भट्टराईलाई चुनावमा पराजित गरेपछि पौडेलको राजनीतिक उचाइ झनै बढ्यो । बाबुरामसँग चुनाव लड्न अप्ठेरो हुने भन्दै पौडेललाई निर्वाचन क्षेत्र फेर्न कार्यकर्ताले सुझाव दिएका थिए । तर पौडेलले रूपन्देही २ नै रोजे र भट्टराईलाई पछारे ।

पौडेलले चुनाव जित्नुमा निर्वाचन क्षेत्रमा उनले पुर्‍याएको योगदान मुख्य कारण हो भनेर विश्लेषण गरिन्छ । तराईका शहरमध्ये बुटवल अहिले नेपालको पहिलो शहर बन्न पुगेको छ । बुटवल–भैरहवा सडक विस्तार लगायत सडक र सिँचाइमा रूपन्देहीले फड्को मारेको छ ।

२०७४ सालको चुनावमा विजयी हुन उनलाई अप्ठ्यारो थिएन । बुटवलमा बसेर उनले आफ्नो निर्वाचन क्षेत्रभन्दा पाँच नम्बर प्रदेशका अन्य निर्वाचन क्षेत्रको चुनावी रणनीति बनाएका थिए ।

कम बोल्ने, काम फत्ते गर्ने

पौडेलमाथि लाग्ने गरेको एउटा आरोप हो– उनी कम बोल्छन् । खुल्दैनन् । के गर्छन्, पत्तो पाइँदैन । यी आरोप पौडेल स्वयं स्वीकार गर्छन् । कुरा बढी, काम कम हुने हाम्रो समाजमा कतिपयलाई पौडेलको स्वभाव मन पर्छ । कतिपयलाई भने ठीक लाग्दैन ।

पौडेललाई नजिकबाट चिन्नेहरूले चाहिँ उनलाई “म्यान अफ् एक्सन” भनेर बुझ्छन् । अर्थात् कुरा कम गर्ने, काम फत्ते गरेर देखाउने नेताका रूपमा पौडेललाई लिने गरिन्छ ।

आफूभन्दा वरिष्ठ नेतालाई आवश्यक आदर र सम्मान गर्नेमा पौडेल अगाडि छन् । उनी आफ्ना कुरा तर्कपूर्ण ढंगले प्रस्तुत गर्ने तर शिष्टाचार नभुल्ने अनुशासित र शालीन नेताका रूपमा परिचित छन् ।

समकालीन नेताहरूको बीचमा सबै हिसाबले असल छवि वनाएका पौडेलले शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदीय दायित्व र भूमिकालाई नजिरयोग्य बनाउन थप मिहिनेत पक्कै गर्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x