×

NMB BANK
NIC ASIA

विष्णु पौडेल महासचिव बनेपछि रुपन्देहीमा उत्साह, प्रधानमन्त्री बनेको हेर्ने चाहना

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ४ जेठ– एमाले र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टीमा महासचिव बनेका छन्, विष्णु पौडेल । पौडेल महासचिव भएपछि नेकपा रूपन्देहीका कार्यकताहरूले खुशी मनाउनुका साथै दिपावली गरेका छन् । 

Muktinath Bank

रूपन्देहीलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन पौडेलले ठूलो भूमिका खेलेका थिए । विभिन्न कालखण्डमा महत्त्वपूर्ण भूमिका खेलेका कारण पौडेले शक्तिशाली कम्युनिष्ट पार्टीमा महासचिव पाएको कार्यकताहरूको बुझाइ छ । पौडेलसँगै राजनीति गरेका पाल्पाका पूर्व जिविस सभापति तथा एमाले कार्यकता झपेन्द्र जिसी भन्छन्, ‘विष्णु पौडेलमा जुन क्षमता थियो त्यसलाई नव गठित नेकपाका नेताहरूले चिने ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले थपे, ‘उहाँ (पौडेल) महासचिव हुनु प्रदेश नम्बर पाँचको लागि गौरवको विषय हो । रूपन्देही तथा यस आसपासका क्षेत्रको विकासमा उहाँको योगदान अतुलनीय छ । अब उहाँ एकीकृत पार्टीको नेतृत्वसँगै प्रदेश नम्बर पाँचलाई नमूना प्रदेश बनाएर नेकपाको अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्नुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

तल्लो तहमा रहेका सबै कार्यकताहरूलाई पौडेलले मिलाएर लैजानुपर्ने जिसीको सुझाव छ । २०१६ मंसिर १६ गते स्याङजा पुतलीबजार–१०मा जन्मिएका हुन् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेल । उनको बुटवल–८ रूपन्देहीमा घर छ । पौडेलले २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । यस अगाडि उनी नेकपा एमाले, केन्द्रीय कमिटीको उपमहासचिव, स्थायी कमिटी र केन्द्रीय सचिवालयको प्रदेन सदस्य हुँदै प्रदेश नम्बर पाँचको संयोजक थिए । 

Vianet communication
Laxmi Bank

यस क्षेत्रका तत्कालिन एमाले माओवादी कार्यकताहरूले पौडेल महासचिव भएपछि सामाजिक सञ्जालमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन् । 

जनवर्गीय संगठन प्रेस चौतारी नेपाल, रूपन्देही अध्यक्ष अमृत गिरीले महासचिव पौडेल एक सक्षम, समन्वयकारी र विकासप्रेमी नेता रहेको बताए । गिरीले लोकान्तरसँग भने, ‘पौडेल महासचिव भएपछि यस क्षेत्रका आम कम्युनिष्ट कार्यकताहरू उत्साहित भएका छन् । अब यस क्षेत्रको विकास निर्माणमा प्रत्यक्ष पहुँच पुग्ने आशा गरेका छन् । ’

पौडेलले आफ्ना कार्यकता मात्र नभइ विपक्षी दलका नेता÷कार्यकतालाई पनि आकर्शित गर्ने क्षमता राख्छन् । गिरीले थपे, ‘उहाँको क्षमता पार्टीले बुझेर महासचिव जस्तो जिम्मेवार पद दिएको छ ।’ बुटवललाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन विष्णु पौडेल र टोपबहादुर रायमाझीले महत्वपूर्ण भूमिका खेलेका थिए । 

प्रदेश नम्बर पाँचमा पर्ने पहाडी जिल्ला टुक्राएर प्रदेश नम्बर चारमा मिसाउने तत्तकालिन सरकारले तयारी गरेपछि पौडेल र रायमाझीले आन्दोलनको नेतृत्व गरेका थिए । 

एमाले प्रदेश नम्बर पाँचका कार्यालय सचिव गोपाल भट्टराईले एक उर्जाशील व्यक्तिलाई पार्टीले महासचिव बनाएर राम्रो काम गरेको बताए । पौडेलभन्दा अगाडिदेखि नै एमालेका राजनीतिमा लागेका  भट्टराईले भने, ‘अब विष्णु पौडेल देश निर्माण र समृद्धितर्फ जुटनुपर्छ’ उनले थपे, ‘उहाँ. (पौडेल) सर्वव्यापी हुनुभयो ।’

जसले बाबुरामलाई चुनावमा हराए 

पौडेलले दोस्रो संविधानसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता बाबुराम भट्टराई हराएरपछि चर्चामा आएका थिए । 

२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेपछि उनी युवा तथा खेलकुद मन्त्री भए । २०५६ मा रूपन्देही झरेर चुवान लडे । २०५६ मा उनी नेपाली कांग्रेसका स्वर्गीय नेता सुर्यप्रसाद प्रधानसँग चुनावमा पराजित भए । त्यपछि उनलाई एमालेले महाकाली इन्चार्जको जिम्मा दियो । उनी पश्चिमतर्फ लागे । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन लगातार जितेर ह्याट्रिक गरे । 

रुपन्देहीकी एमाले कार्यकता सीता पराजुलीले पौडेलले पार्टी एकीकरण गर्न खेलेको भूमिका जस्तै आगामी दिनमा पनि पार्टीलाई सन्तुलित राख्न भूमिका खेल्नुपर्ने सुझाव दिन्छिन् । उनले भनिन्, ‘पौडेल यस क्षेत्रको ढुकढुकी हो । अब दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीको ढुकढुकी बन्नुपर्छ ।’

तीन/तीन पटक निर्वाचन जितेपछि पौडेल जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकाश निर्माणमा सक्रिय भएपछि यस क्षेत्रमा लोकप्रिय नेताको छवि बनाएका छन् । पौडेलले अर्थमन्त्री हुँदा रूपन्देही ठूला–ठूला विकासका आयोजनाहरू समेत ल्याए । 
 

यो पनि पढ्नुहोस्

शक्तिशाली कम्युनिस्ट पार्टीका शालीन महासचिव पौडेल : जो सधैं पुल बनिरहे

बलियो कम्युनिस्ट पार्टीले प्रचण्डको महत्त्वाकांक्षा पूरा गर्ला ?

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x