×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा नेकपाको चर्चा–जनार्दन र शक्तिको अगाडि यामलाल र प्रकाश रक्षात्मक !

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ५ जेठ– विहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी इतिहासकै शक्तिशाली पार्टी बनेको छ । 

Muktinath Bank

पार्टी एकतापछि शक्तिशाली बनेको नेकपाका नेताहरुबीच विभिन्न खाले चर्चा परिचर्चा कर्णाली प्रदेशमा शुरु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशबाट तत्कालिन नेकपा एमालेका कोही पनि स्थायी समितिमा पर्न सकेनन् । जसका कारण राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि माधव नेपाल पक्षधर प्रकाश ज्वाला र केपी ओली पक्षधर यामलाल कंडेलले कर्णाली प्रदेशमा एमालेभित्रको गुट चलाउँदै आइरहेका थिए । तर अब भने त्यसरी गुट चलाउने अवस्था रहेन । 

Vianet communication
Laxmi Bank

नेकपाको स्थायी समितिमा साविकको माओवादी केन्द्रका नेता जनार्दन शर्मा र शक्ति बस्नेत पर्ने निश्चित प्रायः छ । अब तत्कालिन एमालेका कर्णाली प्रदेशका नेताहरु शर्मा र बस्नेत पछि हुनेछन् वा उनीहरुको गुटमा रहनुपर्ने चर्चा शुरु भएको छ । 

साविकको माओवादी केन्द्रमा शर्मा र बस्नेतले पनि गुट चलाइरहेका थिए । अब उक्त गुटको समिकरण फेरिने देखिएको छ ।

एमालेका एक नेताले आफू निकटका कार्यकर्ताको गुनासो सम्वोधन गर्न पनि यी दुई मध्ये एक नेताको पछि लाग्नुपर्ने बाध्यता ज्वाला र कंडेललाई आइलागेको बताए । यी दुबै नेताहरुले एक जनाले बस्नेत र अर्कोले शर्मालाई समात्ने उनको अनुमान छ ।

कर्णालीमा साविकको माओवादी केन्द्रमा सबैभन्दा बलिया शक्ति बस्नेत थिए । उसो त जनार्दन पनि कम त होइनन्, तर पनि प्रदेश सभामा जनार्दन पक्षधर सांसदहरुको संख्या अलि कम छ । उता साविक एमाले तर्फका २० सांसदमध्ये यामलाल तर्फ १० जना छन् भने ९ जना ज्वाला पक्षधर सांसद रहेका छन् । एकजना भने आफू कुनै गुटमा नरहेको दावी गर्छन् ।

माओवादीका १३ जना सांसदमध्ये शक्तिका पक्षमा ८ रहेका छन भने जनार्दनका पक्षमा ५ रहेका छन् । यसरी हेर्दा कर्णालीको सरकारमा पनि प्रभाव पर्ने सम्भावना देखिएको माओवादी केन्द्रका एक नेताले नाम नबताउने शर्तमा लोकान्तरलाई बताए । उनका अनुसार अब नयाँ टिम बन्नेछ भने को कता लाग्ने भन्ने केही दिनमै थाहा हुनेछ ।

जे होस्, पार्टी एकताले साविकको एमाले पंक्तिलाई रक्षात्मक अवस्थामा पुर्‍याएको प्रष्ट देखिन्छ । 

जनार्दन शर्मा केपी ओली निकटका रहेको चर्चा चल्न शुरु भएको छ जसका कारण यामलाल जनार्दन तिर निकट हुने र ज्वाला बस्नेततिर निकट हुने सम्भावना रहेको विश्लेषण शुरु भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x