कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सिन्धु -
काठमाडौंको सुन्धारा हुँदै जाँदा त्रिपुरेश्वर चोक नपुग्दै दायाँपट्टी घरेलु तथा साना उद्योग विभागको कार्यालय आउँछ । त्यही ढोकाभित्र छिर्दा कम्पनी रजिष्ट्रारको कार्यालय पनि छ । जहाँ साना तथा ठूला सबै कम्पनीहरू दर्ता तथा नविकरण गरिने लगायत कम्पनी सम्बन्धि सबै काम हुने गर्छन् ।
गत वर्षको अन्तिम समय चैततिर म एकजना साथीको कम्पनीको काम लिएर त्यहाँ पुगे । साथी टाढा भएकाले विभिन्न कुराहरू बुझिदिन भनेको थियो ।
कार्यालयको बाहिर पुग्दा लाग्यो, मानौं म साँझ पर्दा रत्नपार्कमा पुगेको एक फुर्तिलो ‘पुरुष’ हुंँ । अझै भनुँ हरेक समसाँझ कृत्रिम उज्यालोभित्र छायासँग लुकामारी गर्दै रत्नपार्कको सेरोफेरो जे हुन्छ त्यस्तै त्यस्तै....... ।
फरक यति हो, रत्नपार्कमा प्रत्येक समसाँझका कथाहरूले अधिकांश प्रहरीलाई शरीर घुस माग्न भन्छ, ती युवतीलाई खाइलाग्दो पुरुषसँग हिँड् है भन्छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको गेट भित्र नयाँ मान्छे छिर्ने बित्तिकै आउने पाँच सात जना बिचौलिया लेखनदासहरू देख्दा मेरो मनमा एक जिज्ञासा पलायो ।
मनमनै सोचें, ‘काला कोट र ढाका टोपीमा सजिएर ठगी गर्ने मानिसहरूले बोल्ने भ्रष्टाचार बिरुद्धका नारा र अबैधानिक भनिएको त्यो पेशामा बाध्यताबस देह बेच्ने ती युवतीको फाइदा उठाउने पुरुषहरूले लेख्ने भद्रता र आदर्शका कवितामा फरक होला ?’
देखिएका दृष्य अनौठा थिए, माथि भनेझैं बिकृत थिए । म सरासर कार्यालय परिसरको एक साघुँरो स्थानमा गएर बसे । बसिनसक्दै मलाई ८ जनाले सोधे, तीमध्ये एकजना महिला पनि थिइन्, सबैको एउटै प्रश्न थियो, ‘के सहयोग गरुँ ?’
सबैको सोधाइलाई वेवास्ता गर्दै बसें । एकछिनमा एक जना अधबैंसे पुरुष सरासर मेरो छेउमै बस्न खोजे ।
बस्ने ठाउँ सानो भएकाले म अप्ठ्यारो मान्दै अलिकति सरेँ । उनी मेरो नजिकै बसे र सोधे, ‘बहिनी केही काम थियो ।’
मैले सजिलो उत्तर दिएँ, 'थोरै सोधपुछ थियो गर्मी भएर एकछिन बसेको ।’
‘के सोधपुछ गर्नुपर्यो यो भित्र त साह्रै झण्झट हुन्छ, यो निकै नराम्रो ठाउँ हो बहिनी ।’ उसले निर्जिव ठाउँ र त्यो महत्त्वपूर्ण कार्यालयलाई दोषी बनाएर आफ्नो कर्तुत देखाउँन खोज्यो ।
म मौन रहें ।
मेरो मौनताको फाइदा उठाउँदै झण्डै २ मिनेटको मौनता चिर्दै उसले म माथि सहानुभूति देखायो । ‘बहिनी तपाई त नयाँ हुनुहुन्छ जस्तो छ, म सहयोग गर्छु बहिनीलाई ।’ उसले सिधासिधा अधिकारै जमाएरझैं भन्यो ।
मलाई उसको भित्री कुरा बुझ्न मन लाग्यो ।
उसको शिरदेखि गोडासम्म एक चोटी हेरेँ ।
‘ढाका टोपी, कालो कोट र पाइन्ट, कालो टलक्क टल्केका जुत्ता, हँसिलो अनुहार........’ निकै भलादमी लाग्थ्यो ।
मेले सोधें, तपाई के गर्नुहुन्छ ?
उसले निर्धक्क जवाफ दियो, ‘म तपाई जस्ताहरूलाई सहयोग गर्छु ।’
‘मलाई के सहयोग गर्नुहुन्छ ?’ मैले कडा शैलीमा जवाफ दिएँ ।
ऊ अली हच्कियो र भन्यो, ‘सहयोग चाहिएमा......।’
उसलाई हेर्दै मुस्कुराउँदै मैले भने, ‘मेरो एउटा कम्पनी दर्ता गर्नुछ...।’
मेरो मुस्कानले उसलाई फेरि आश पलाएछ क्यार..... मेरो प्रश्न नसकिदै उसले भन्यो, ‘त्यो सबै म गरिहाल्छु नि बहिनीको लागि, म वकिल हुँ ।’
ऊ बोल्दै गयो, ‘मेरो अफिस पनि छ, कम्पनी दर्ता गरेको सबै गर्दा एक लाख जति तिरे पुग्छ । तपाई अफिसमा आउनुपर्दैन सबै काम यहीँबाट हुन्छ ।’
अरु सबैले ठग्ने र आफू मात्रै सत्यमा टिक्न सकेको भावका साथ ऊ बोल्न थाल्यो । मैले ध्यान पूर्वक सुनें । १५ मिनेटको त्यो बसाइपछि मैले भोलि उही समयमा आवश्यक कागजपत्र लिएर आउने प्रतिबद्धता गर्दै त्यहाँबाट हिँडे ।
मलाई त्यो मान्छेको वास्तविकता बुझ्ने तिब्र इच्छा मनमा पलाइसकेको थियो । त्यसैले साथीको कुरा बुझ्न त्यति हतार नगरी भोलि फर्किने योजना बुन्दै म गेटबाट बाहिर निस्किएँ ।
मेरो पेशा, मेरो घर वा मेरोबारे प्रयाप्त जानकारी नै नलिइ बनावटी संवेदनाभित्रका ठगी भाव बोल्ने त्यो मान्छेका कुरा मनभरी राख्दै त्रिपुरेश्वरतिर लागेँ।
मध्यान्हको टन्टलापूर घाम छिचोल्दै दिउँसो १ बजेको एउटा कार्यक्रमका लागि म हतार हतार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पुगेँ। त्यहाँ कमिसनखोरीको चपेटामा उपभोक्ता कसरी परिरहेका छन् भन्ने बारे एउटा छलफल थियो । तातो गर्मीबाट वर्ल्ड ट्रेड सेन्टरभित्र छिर्दा अली राहत महशुस गरेँ ।
मसँग १५ मिनेट बाँकी रहेकाले यताउता टहलिए । ठिक १ बजे म सरासर कार्यक्रम हलमा प्रवेश गरेँ । तर कर्यक्रम शुरु हुने छाटकाँट थिएन । आयोजक मध्येका ३/४ जना सहित करिब १० जनाको उपस्थित थियो । म पनि त्यहाँ थपिए । बुझ्दा कार्यक्रम शुरु हुन अझैं आधा घण्टा लाग्ने जानकारी पाइयो ।
खल्तीबाट मोबाइल झिकें, अफिसमा ढिला हुनेबारे एउटा म्यासेज गरेँ । फेसबुक स्क्रोल गर्न थाले । फेसबुकका नोटिफिकेसन हेर्दा एउटा फ्रेण्ड रिक्वेष्ट आएको रहेछ ।
क्लिक गरेर हेरेँ । प्रोफाइन चेक गरेँ । चार पाँच वटा प्रोफाइल पिक्चर पनि हेरे । त्यही मान्छे थियो, जसलाई एक घण्टा अगाडि भेटेर छुट्टिएकी थिएँ ।
उसको फेसबुक प्रोफाइल हेर्दा झनै भद्र लाग्यो । ‘आफैंले आफैंलाई सोधे गल्ती त सोचिनस् ?’ ऊ आफै उपभोक्ताको अधिकारका लागि लड्ने मान्छे रहेछ । उसको फेसबुक प्रोफाइलमा उसले थुप्रै ठाउँमा उपभोक्ताको अधिकारका लागि चर्को भाषण गरेका भिडियोहरू पनि पोष्ट भएका थिए । उसको टाइमलाइनमा अरु निकै आदर्शवादी भनाइहरू पनि थिए ।
एउटा भनाइ घतलाग्दो थियो, ‘आफूभन्दा राम्रो कुरा बोल्नु वा लेख्नु महापाप हो । जस्तै–ठगले ठगीबिरुद्ध कहिल्यै बोल्नु हुँदैन ।’
मैले फेरि त्यही सोचें कि, ‘काला कोट र ढाका टोपीमा सजिएर ठगी गर्ने मानिसहरूले बोल्ने भ्रष्टाचार बिरुद्धका नारा र अवैधानिक भनिएको त्यो पेशामा बाध्यताबस देह बेच्ने ती युवतीको फाइदा उठाउने पुरुषहरूले लेख्ने भद्रता र आदर्शका कवितामा के फरक होला ।’
म सोचिरहेँ.. कार्यक्रम शुरु नहुँदासम्म..... ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...