फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
बिहीवार नेपाली राजनीतिको क्षितिजमा एउटा नयाँ रेखा कोरिएको छ । त्यो रेखा हो नेकपा एमाले र माओवादी केन्द्र विघटन भई नेपाल कम्युनिस्ट पार्टी नाम गरेको राजनीतिक दल स्थापना हुन पुगेको छ । यद्यपि नेपाल कम्युनिस्ट पार्टी नाम गरेको राजनीतिक दल नेपाली राजनीतिमा कुनै नौलो होइन । छिमेकी मुलुक चीनको राजनीतिक बाछिटासँगै २००६ सालमा नै पहिलोपटक यही नामको कम्युनिस्ट पार्टी नेपालमा स्थापना भएको थियो ।
कम्युनिस्ट पार्टी स्थापना भएको २ वर्ष बित्न नपाउँदै २००८ सालदेखि गुट उपगुट शुरु हुन पुग्यो । जुन क्रम झण्डै ११ वर्षसम्म रह्यो र २०१९ सालमा कम्युनिस्ट पार्टी विधिवतरूपमा विभाजित हुन पुग्यो । त्यसपछि पनि विभाजनका श्रृंखलाहरू जारी नै रहे । यही बीचमा ६९ वर्षपछि पुनः दुई ठूला कम्युनिस्ट पार्टी एक हुन पुगेका छन् ।
दुई ठूला कम्युनिस्ट पार्टी एक हुँदै गर्दा यसले विश्व राजनीतिमा समेत एक किसिमको तरङ्ग उत्पन्न हुन पुगेको छ । यस अर्थमा तरङ्गित हुन पुगेको छ कि नेपालको कम्युनिस्ट पार्टी दक्षिण एशियामा तेस्रो ठूलो कम्युनिस्ट पार्टी बन्न पुगेको छ । दक्षिण एशियामा तेस्रो ठूलो पार्टी बन्न पुगेको नेपाल कम्युनिस्ट पार्टी संख्यात्मकरूपमा मात्र नभई सांगठनिक र राज्य सत्ता सञ्चालनका हिसाबमा समेत निकै बलियो बन्न पुगेको छ ।
मुलुकको पछिल्लो राजनीतिक परिघटनालाई हेर्ने हो भने एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टीबाट नै मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र ७ प्रदेशमध्ये ६ वटा प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । त्यसैगरी पछिल्लो चुनावी परिणामका आधारमा पनि सर्वाधिक पपुलर मत ल्याउने पार्टी बन्न पुगेको छ ।
जुन पार्टीको पपुलर मत ४५ लाख हुन आउँछ । त्यसैगरी प्रतिनिधिसभाको कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय १६ निर्वाचन क्षेत्रका सांसद यही पार्टी चुनिएको अवस्था छ । यसका अतिरिक्त प्रतिनिधि सभाका कुल २ सय ७५ मध्ये १ सय ७५ सांसद नेपाल कम्युनिस्ट पार्टीबाटै हुने भएका छन् । त्यस्तै राष्ट्रिय सभाको कुल ५९ सदस्य मध्ये ४२ सदस्य र कुल ७ सय ५३ स्थानीय तह मध्ये ४५ प्रतिशत भन्दा बढी स्थानीय सरकार समेत नेपाल कम्युनिस्ट पार्टीबाट नै हुने भएको छ । कम्युनिस्ट पार्टीमा आबद्ध नेता तथा कार्यकर्तालाई यो भन्दा खुसीको क्षण अरु के होला ?
यस्तै खुसी साट्ने क्रममा पार्टी एकीकरण हुँदै गर्दा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट पार्टीलाई जेटसँग तुलना गरेका छन् । यसरी तुलना गर्ने क्रममा ओलीले भनाइ थियो- कम्युनिस्ट पार्टी टेम्पो हो र एक जनाले चलाउने ? जेट चलाउन दुईजना पाइलट चाहिन्छ ।'
पार्टी एकीकरण हुँदै गर्दा ओली जुन तर्क अगाडि सारे त्यो एक हिसाबले सही हो । किनकि नेपाल कम्युनिस्ट पार्टी हर हिसाबले अब टेम्पोबाट जेट विमान बनेको छ । जेट चलाउनका लागि पाइलट नै आवश्यक पर्दछ । तर ओलीले हेक्का राख्नुपर्ने कुरा के छ भने कुनै पनि जेटको एउटै सिटमा दुई पाइलट एकै पटक बसेर जेट उडान गरेको भने देखिँदैन । जसरी अहिले नेपाल कम्युनिस्ट पार्टीलाई ओली र दाहाल मिलेर हाँक्न खोजिरहेका छन् ।
त्यतिमात्र होइन, जेटमा पाइलटसँगै को-पाइलट पनि अनिवार्य हुनु जरुरी छ । अर्को कुरा ओलीले हेक्का राख्नुपर्ने कुरा के छ भने पाइलटको लापरवाही जेट दुर्घटनामा पर्दा केही बाँकी रहन्न । यहाँसम्म कि जहाज के कारणले दुर्घटना भयो भनेर पत्ता लगाउन समेत ब्ल्याक बक्सको खोजी गर्नुपर्ने अवस्था रहन्छ ।
ओलीकै भनाइलाई सापटी लिने हो भने ओली र दाहाल पार्टी एकीकरण हुनुअगाडि टेम्पो चालकका रूपमा रहेका थिए । पार्टी एकीकरणसँगै उनीहरू जेट चलाउने पाइलट बन्न पुगेका छन् । टेम्पो चालकलाई एक्कासि जेट चलाउने जिम्मा दिँदा कति सुरक्षित होला ? त्यो पनि सोच्नुपर्ने देखिन्छ ।
नेपालको भौगोलिक मात्र नभई राजनीतिक भू-बनोट पनि त्यति सुरक्षित मानिँदैन । बेला-बेलामा सोच्दै नसोचेका राजीतिक दुर्घटना भइरहेको अवस्था छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी कति सुरक्षित ढंगले नेपाली राजनीतिक क्षितिजमा अगाडि बढ्न सक्ला ? आम सर्वसाधारणको चासोको विषय बनिरहेको छ ।
यद्यपि अस्थिर राजनीतिका कारण मुलुकले खासै गति लिन नसकी रहेको अवस्थामा एमाले र माओवादी केन्द्रको एकता भने एउटा नयाँ सन्देश भने दिन खोजेको देखिन्छ । तर त्यो कति टिकाउ हुन्छ त्यो भने भविष्यले देखाउनेछ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...