×

NMB BANK
NIC ASIA

मजदुरद्वार उद्योगको रेखदेख गर्ने थापालाई नालाको हिलो र मोसो

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ५ जेठ-  विराटनगर १६ रानी मिल्स् एरिया बर्माटोलमा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरुले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई कालोमोसो दलेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

२३ वर्ष अघि काम गरेको पारिश्रमिक कुर्दै क्वाटरमा बस्दै आएका मजदुरलाई हटाउन खोजेको भन्दै आक्रोशित मजदुरहरुले थापालाई नालाको हिलो र कालोमोसो छ्यापि दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल बन्द हुनु अगाडीदेखि नै मिलको क्वाटरमा मजदुरहरु बस्दै आएका थिए । अहिले मिल बन्द भएको करिब २३ वर्ष भन्दा धेरै भइसक्यो । मजदुरहरु तलव नै नपाई मिलको क्वाटरम रेखदेख गर्दै आएका छन् । बन्द भएको मिलको जग्गा अहिले गायत्री डेभ्लोपरर्स कम्पनीले किनेको छ ।


Advertisment
Nabil box
Kumari

गायत्री डेभ्लोपरर्स कम्पनीका केही प्रतिनिधी र उद्योगको रेखदेख गर्ने थापाको नेतृत्वमा शनिबार विहान आएको टोलीले मजदुरहरु बस्दै आएको जग्गा नाप्न थालेपछि क्वाटरमा बस्दै आएका मजदुरले थापालाई दलाली भन्दै नालाको कालो हिलो अनुहारमा छ्यापीदिएका हुन् ।

Vianet communication
Laxmi Bank

श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितिलाई कुनै जानकारी नदिई शनिबार विहान एक्कासी क्वाटरमा प्रवेश गरेपछि आक्रोशित मजदुरले जग्गा नाप्न आएको टोली माथी नै जाई लागेका थिए ।

गायत्री डेभ्लोपरर्सले क्वाटरको कम्पाउण्ड खाली गर्न भनेर यस अघि नै ३५ दिने सुचना जारी गरेको थियो । विना तलव मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा पर्ने भएकाले आफूहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा छन् ।

 नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योग बन्द भएपछि धेरैको बिल्लीवाठ भएको छ ।

कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदै ज्यान गुमाएका छन् भने कतिपयको दिनचर्या कष्टकर बन्दै गएको छ ।

करिब दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले २३ वर्षदेखि अझै तलव पाउन सकेका छैनन् ।

जग्गा लिएको कम्पनीले कतिपयलाई तलव दिएको छ भने क्वाटरमा बस्ने अधिकासले पैसा लिन मानिरहेका छैनन् । मजदुरहरु पैसाको सट्टा आफूहरुलाई उचित बसोबास गर्ने आवासगृहको माग गरिहेका छन् । अहिले क्वाटर लगायत मिलको कम्पनीको खाली जमिनमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । करिब १ विगा ६ कठ्ठा २ धुर जमिन रहेको स्थानमा अहिले पुराना ढल्न लागेको क्वाटर छन् भने आधा दर्जनले त्यही क्वाटरको खाली जमिनमा घर बनाएर बसेका छन् ।

मिलको क्वाटर बाहिर पनि पक्का घर बनाईएको छ भने कतिपय त्यही जमिनलाई प्रयोग गर्दै आएका छन् । नातामा पुर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले उद्योग भारतिय नागरिकसँगको सहकार्यमा संचालन गर्दै आएको मिल २०५२ सालमा बन्द भएको थियो । बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेको थिएन ।

त्यस यता अहिलेसम्म काम गरेको तलव नपाएर १८ जनाले ज्यान गुमाई सकेका छन् । पारिश्रमिकको पर्खाईमा रहेका श्रमिक, मजदुर तथा कर्मचारीहरुले मर्ने बेलामा समेत पाउनु पर्ने रकम नपाईकनै धेरैले ज्यान नै गुमाईसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x