×

NMB BANK
NIC ASIA

तराई मधेश विकासका निम्ति संघीय सरकारले विशेष प्याकेज ल्याउने

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा, ५ जेठ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ । 

Muktinath Bank

जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री महासेठले मधेशमा संघीय सरकारको तर्फबाट जेठ १५ गते आउन लागेको बजेटमा विशेष कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने जानकारीसमेत गराउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री महासेठले मधेश र प्रदेश नं २ को सरकारलाई संघीय सरकारले पूर्णरुपले सहयोग गर्ने तयारी गरेको बताउँदै भन्नुभयो, “तराई मधेशसँग प्रधानमन्त्री हुनुहुन्छ, उहाँले विशेष प्याकेज ल्याउन गइरहेको छ । 


Advertisment
Nabil box
Kumari

उहाँले विगतका सरकारहरुले मधेश र जनकपुरको विकासको सन्दर्भमा पूर्वाग्रह राखेको आरोप लगाउँदै भन्नुभयो, “ओली सरकारले यो साबित गरेर देखाउँछ कि मधेशप्रति कुनै किसिमको पूर्वाग्रह राखेको छैन ।” उहाँले मधेश र खासगरी जनकपुर हरेक क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो । 

Vianet communication
Laxmi Bank

संघीय सरकारले अन्य प्रदेश र शहरको तुलनामा जनकपुरलाई विशेष विकास योजना दिने तयारीमा रहेको बताउनुभयो । उहाँले मधेशका हरेक जिल्ला सदरमुकामलाई भौतिक पूर्वाधार मन्त्रालयले चार लेन र छ लेनको सडकले जोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

मन्त्री महासेठले सन् २०१८ भित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बढीमा अबको छ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौँ, अहिले द्रुत गतिले काम भइरहेको छ, दुई वर्षभित्र त हामी रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौँ, यो सरकारको चाहना पनि हो ।’’ 

उहाँले जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पु¥याउने, काठमाडौँबाट वीरगञ्ज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन वीरगञ्ज–काठमाडौँ जोड्ने सोच बनाएको र डिपिआर भएर काम नै शुरुवात भइसकेको जानकारी दिनुभयो । 

मन्त्री महासेठ भन्नुभयो, “यो पाँच वर्षभित्रमा यो सरकारले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ÷टोललाई जोड्ने प्रयास गर्नेछ ।” 

मन्त्री महासेठले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरसहितको भ्रमण सफल भएकामा सबैलाई धन्यवाद दिनुभयो । उहाँले गर्न चाहना र इच्छा शक्ति भएको खण्डमा जे पनि सम्भव रहेको कुरा मोदीको भ्रमणका बेला जनकपुरमा रातारात गरेको सडक, सरसफाइलगायतका तयारीले साबित गरेको भन्नुभयो । 

उहाँले लामो समयदेखि यातायात क्षेत्रमा लगाएको सिन्डिकेट हटाउन सरकार सफल भएको र यस कार्यमा पत्रकारहरुको अहम् भूमिका रहेको भन्दै पत्रकारहरुलाई धन्यवाद दिनुभयो । 

मन्त्री महासेठले अहिले देशका दुई ठूला कम्युनिष्ट दल मिलेकाले गर्दा अब देशमा विकासको लहर चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी गठन भएकामा देशमा विकासको ठूलो सम्भावना बढेको छ ।” 

मन्त्री महासेठ यस एकतामा पत्रकारहरुको ठूलो योगदान रहेको बताउँदै भन्नुभयो, “पत्रकारहरुको दबाबले गर्दा एकता सम्भव भएको हो ।” उहाँले नेपाल अबको पाँच वर्षभित्र उल्लेखनीय तबरले आर्थिक विकासमा फड्को मार्ने निश्चित रहेको बताउनुभयो । उहाँले पत्रकारहरुले समयसमयमा सरकारको कामको समीक्षा गर्नुपर्ने र सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ को कार्यसमितिलाई प्रमाणपत्र वितरणका साथै मिथिलाको पाग र गम्छा ओढाएर सम्मानसमेत गरिएको थियो । 

पत्रकार महासंघ प्रदेश नं २ मा दीपेन्द्र चौहानको नेतृत्वमा रहेको प्रेस युनियन, चौतारी र प्रेस सेन्टरको पूरा प्यानल नै विजयी भएको छ ।  रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x