×

NMB BANK
NIC ASIA

नेकपा : आपसमा घुलमिल र मातहतका कमिटी एकीकरणको प्रक्रियामा

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ जेठ - नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।” 

Sagarmatha Cement
Muktinath Bank

दुई दिनअघि मात्र एकता भएकाले पहिलो बैठक सञ्चालनका क्रममा नेता गुरुङले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई आशन ग्रहण गराएपछि अध्यक्ष प्रचण्डलाई मञ्चमा बोलाउँदा  माओवादी केन्द्रका अध्यक्ष भन्न पुगेका थिए । नेता गुरुङ, तत्कालीन माओवादी केन्द्रको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक भएकाले पनि उनको  जिब्रोमा प्रचण्डलाई माओवादीका अध्यक्ष भन्ने आएको हुनसक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (एमाले) र केन्द्रबीच यही जेठ ३ गते ऐतिहासिक एकता भई नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि आज पहिलोपटक संयुक्त संसदीय दलको बैठक थियो । एक सय ६५ सदस्यीय प्रतिनिधिसभामा नेकपामा १७४ सदस्य छन् । बैठकमा सहभागी सांसदमात्र होइन कतिपय पूर्व सांसद र कार्यकर्ता पनि बैठकस्थल संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नेताहरुसँग भेट्ने र बधाई दिने उद्देश्यले भेला भएका देखिन्थे । 


Advertisment
Nabil box
Kumari

तत्कालीन एमालेका बाजुरामा पूर्व सांसद रत्नप्रसाद न्यौपानेले ढोकामा कुरेरै भए पनि बैठकमा छिर्दै गरेको अवस्थामा अध्यक्ष ओली र दाहाललाई हात मिलाएर बधाई दिन भ्याए  । “मैले दुवैलाई बधाई भन्न पाएँ । धन्यवाद भन्नुभयो । अब एकपटक भेटेर प्रदेश र जिल्ला तहको संगठनलाई समायोजन गर्ने प्रक्रियामा लाग्नेछु”, न्यौपानेले भने । 

Vianet communication
Laxmi Bank

एकताको केही समयसम्म दुवैतर्फका नेता कार्यकर्तामा घुलमिल र मातहतका कमिटीमा एकीकरणको प्रक्रिया चल्ने छ । आजको संसदीय दलको बैठकमा नेता कार्यकर्ताबीच एकापसमा बधाई साटासाट र राम्रोसँग परिचय नभएकाबीच परिचय आदानप्रदान भएको छ । 

सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुतिको पूर्व सन्ध्यामा भएकाले संसद्का बैठकमा कसरी प्रभावकारीरुपमा प्रस्तुत हुने र एकताको सन्देशलाई देशव्यापी फैलाई विकास र समृद्धिमा कसरी केन्द्रित गर्ने भन्ने सम्बन्धमा अध्यक्ष ओली र दाहालबाट निर्देशन पाएपछि सांसदहरुमा उत्साह थपिएको देखिएको छ । 

अध्यक्ष ओली र दाहालले शुक्रबार धूम्रबाराही र पेरिसडाँडास्थितको कार्यालय अवलोकन र पदबहाली गर्दा पनि विगतमा दुई पार्टीमा रहेका नेता कार्यकर्ताको स्वागत पाएका थिए  । दुवै कार्यालय र त्यहाँको भौतिक र अन्य वातावरणमा अध्यक्षहरु र सचिवालयमा रहेका नेताहरु घुलमिल हुन थालेपछि स्थायी कमिटी, केन्द्रीय कमिटी, सांसद र अन्य तहका नेता कार्यकर्तामा आपसी संवाद र सहजीकरण वृद्धि भएको मानिएको छ । 

संसदीय दलको बैठकपछि नेता गुरुङले भने , “आज राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका पार्टीका सदस्यहरुको पहिलो संयुक्त बैठक बसी संसदीय दलमा एकताको प्रत्यक्ष सञ्चार भयो । अब शीर्ष नेताहरुले सल्लाह गरेर हामी उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको जिम्मेवारी तोकेपछि प्रभावकारीरुपमा काम हुनेछ ।” उनले  पार्टी एकताले समृद्धि र स्थिरताको जनताको चाहनामा उत्साह पैदा भएकाले सरकार र नेतृत्वले त्यस उत्साहलाई टिकाउने गरी काम गर्नुपर्ने बताए  । 

पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद छविलाल विश्वकर्माले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भएको पार्टी एकताले देशव्यापीरुपमा नयाँ उत्साह पैदा भएको र चाँडै मातहतका कमिटीमा पुनर्गठन गर्नुपर्ने बताए  । 

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने नेकपाले समाजवाद उन्मुख जनताको जनवादलाई आफ्नो कार्यक्रम अंगिकार गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गरी जनतालाई विकास, समृद्धि र सामाजिक न्याय दिलाई समाजवादको आधार खडा गर्ने लक्ष्य लिएको छ । 

पार्टीले तीन महिनाभित्र मातहतका कमिटी र जनसंगठनको एकता गर्ने र त्यसबारे चाँडै बस्ने केन्द्रीय कमिटीले निर्णय लिने तयारी गरेको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन र निर्वाचन आयोगबाट आधिकारिकता लिने प्रक्रियामा सो पार्टी छ । 

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । – प्रकाश सिलवाल/रासस  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x