×

NMB BANK
NIC ASIA

पार्टीमा कमल थापाका अधिकार कटौती

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ जेठ -राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई कटौती गरी लोकतान्त्रिक बनाउन लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार पदाधिकारीको शतप्रतिशत अध्यक्षले मनोनीत गर्ने व्यवस्थालाई कटौती गरेर अब ५० प्रतिशत निर्वाचनबाट आउने व्यवस्था गरिएको छ । त्यसैगरी पार्टीको ४० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकारलाई २५ प्रतिशतमा झारिएको छ । 


Advertisment
Nabil box
Kumari

पदाधिकारीमा सहायक महामन्त्री र सहायक प्रवक्ता पदको खारेज गर्न लागिएको छ । पार्टीका वडा समिति, नगर समिति, महानगर समिति, क्षेत्रीय समिति र जिल्ला समितिका प्रत्येक इकाइमा समेत ५० प्रतिशत सदस्य निर्वाचनबाट आउनुपर्ने व्यवस्थालाई नयाँ विधानमा प्रस्ताव गरिएको छ । 

Vianet communication
Laxmi Bank

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने  राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुहुने संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता पाठकले प्रस्तुत गर्ने  प्रशिक्षणसम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाँले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव र केन्द्रीय सदस्य डा विष्णु भण्डारीले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्  । 

करीब ५०० प्रतिनिधि सहभागी हुने उक्त बैठकले पूर्व पञ्च परिवेशका राजनीतिक दल तथा नेतालाई एकताका लागि आवश्यक रणनीति तयार गर्ने छ । महाधिवेशनपछिको ठूलो बैठकका रुपमा परिषद् भेलालाई मानिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x