×

NMB BANK
NIC ASIA

गाउँपालिकाका अध्यक्षको क्रसर बन्दपछि उपाध्यक्षको घर घेराउ

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ६ जेठ– मोरङको केरावारी स्थित खदम खोलामा भइरहेको अवैध उत्खनन् रोकिएपछि गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी भुजेलको घर घेराउ भएको छ ।

Muktinath Bank

अनियन्त्रित रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेका क्रसर व्यवसायी र टिप्पर व्यवसायीको उक्सहटमा शनिवार ट्याक्टर व्यवसायीले उपाध्यक्ष भुजेललाई धम्की दिँदै घर घेराउ गरेका बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिमाण भन्दा ३ गुणाबढी ढुङ्गा गिटी उत्खनन् गरेको बिरोधमा रहेकी भुजेलकै अगुवाइमा अवैध  उत्खनन् रोकिएको थियो । गाउँपालिकाका अध्यक्ष रोहित कार्कीसहित केहीको लगानी रहेको क्रसर उद्योगले जथाभावी उत्खनन् गरेपछि भुजेलले अध्यक्ष कार्कीलाई खोलाबाट उत्खनन् नरोकिए प्रतिवाद गर्ने चेतावनी दिएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्षले खोलाबाट भइरहेको दोहन रोक्न आफैंले अग्रसरता देखाएपछि बाध्य भएर कार्कीले ठेकेदार कम्पनीलाई उत्खनन् रोक्न शुक्रवार नै पत्र लेखेका थिए । भुजेलकै कारण अवैध उत्खनन्को सूचना सार्वजनिक भएको र खोलामा उत्खनन् बन्द भएको भन्दै क्रसर संचालक रहेका अध्यक्ष र वडा अध्यक्षहरू उपाध्यक्षविरुद्ध उत्रिएका हुन । 

Vianet communication
Laxmi Bank

उनीहरू उपाध्यक्षसँग पछिल्ला दिनमा रुष्ट छन्  । उनीहरूकै उक्साहटमा उपाध्यक्षको घर घेराउ भएको हो । उपाध्यक्षको घर घेराउ भएको सूचना पाएपछि पुगेको सशस्त्र प्रहरी बलले घेराउ गर्नेहरूलाई त्यहाँबाट हटाएको थियो । 

मापदण्ड पुरा नगरी खुलेका क्रसर उद्योगहरूका कारण जथाभावी उत्खनन् गरेर स्थानीय क्षेत्रमा वातावरणीय असर पुगेको भन्दै स्थानीयले बिरोध गर्दै आए पनि अध्यक्ष कार्कीको आफ्नै क्रसर उद्योग रहेकाले मौन बसेका थिए । त्यस बारेमा विभिन्न संचारमाध्याममा समाचार आएपछि  जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । 

खोला उत्खनन्मा रोक लगाएपछि क्रसर उद्योगहरूबाट परिचालन हुँदै आएका ट्याक्टर र टिप्परले काम पाएका छैनन् । यसैकारण पनि उनीहरू उपाध्यक्षसँग आक्रोशित भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x