×

NMB BANK
NIC ASIA

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा भर्ना नै राेकियाे

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुर, ६ जेठ- केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ । 

Muktinath Bank

पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिकसत्रमा अंग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना कार्य बन्द गर्नु परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै एक हजार विद्यार्थीले अंग्रेजी माध्यममा विभिन्न कक्षामा भर्ना भइसके पनि अझै नयाँ विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर जारी हुने गरेका कारण अहिले भर्ना अभियान बन्द नै गर्नु परेको हो । 

त्रियुगा उच्च माविका प्राचार्य सुवास विष्टका अनुसार अहिले विद्यालयमा झण्डै दुई हजार विद्यार्थीले विभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् । 

यस वर्षमात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य विष्टको भनाइ छ । 

विद्यालयका शिक्षक सञ्जय दत्त भन्छन्, “वैशाख महिनाभित्र अंग्रेजी माध्यममा मात्र एक हजार विद्यार्थी भर्ना भए, अब विद्यालयका भवन र कोठाले विद्यार्थीको संख्या थाम्न नसक्ने भएपछि भर्ना बन्द गरेको हौँ ।” 

जिल्लाको पहाडी क्षेत्रसहित सदरमुकाम गाईघाटमा सञ्चालन हुँदै आएका निजी विद्यालयबाट समेत धमाधम विद्यार्थी त्रियुगा उच्चमाविमा भर्ना गर्न लाने क्रम बढ्दै गएपछि विद्यालयले विद्यार्थीको चाप थेग्न नसकेर विद्यार्थी भर्ना बन्द गर्नु परेको विद्यालय प्रशासन बताउँछ । 

त्रियुगा उच्चमाविमा नयाँ विद्यार्थीका एक अभिभावक कमल परियार भन्नुहुन्छ, “अब सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थाल्यो,सरकारले अब सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र पछि सरकारी जागिरमा समावेशी कोटामा प्राथमिकता दिन्छ रे भन्ने सुनेर पनि सरकारीमा नै विद्यार्थी फर्काएर ल्याएको छु ।” 

त्रियुगा उच्चमाविका अंग्रेजी माध्यमका विद्यार्थीले जिल्लाकै पहिलो सरकारी विद्यालयका रुपमा यसपटक अंग्रेजी माध्यममा एसइई परीक्षामा समावेश भएर परीक्षा दिएको समेत विद्यालयका प्राचार्य विष्टले बताउनुभयो । 

गत वर्षसम्म उदयपुरमा दशवटा मात्र सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको थियो । 

यसपटकको नयाँ शैक्षिकसत्रदेखि तीन दर्जन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरिहर धितालले बताउनुभयो । 

सरकारले अब सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी जागिरपछि प्राविधिक शिक्षा अध्ययनमा विशेष प्राथमिकता दिने नीति र सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमिक विद्यालयबाट पठनपाठन शुरु भएपछि उदयपुरमा पनि सरकारी विद्यालयमा विद्यार्थीको भर्नाको चापसमेत ह्वात्तै बढेको हो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x