×

NMB BANK
NIC ASIA

कर्नाटकमा भाजपाको सरकार बन्न नदिनका लागि यी तीन कांग्रेसीको हात

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ जेठ – भारतको कर्नाटक राज्यमा शनिवार येदियुरप्पाको नेतृत्वमा भारतीय जनता पार्टी सरकार ५५ घन्टामै राजीनामा दिन बाध्य भयो । 

यसो हुनमा कांग्रेसका तीन नेता अभिषेक मनु सिंघवी, गुलाम नबी आजाद र अशोक गहलोतको हात रहेको चर्चा छ । सत्तामा आउनका लागि आक्रामक कदम चालेको भाजपालाई यी तीनले रोके अनि चुनावमा पछारिएपनि कांग्रेसलाई सत्तामा ल्याइछाडे । 

कर्नाटकको विधानसभा चुनाव परिणाम आउन थाल्दै गर्दा कांग्रेस नेतृत्वले गुलाम नबी आजाद र अशोक गहलोतलाई दिल्लीबाट त्यहाँ पठायो । यी नेताहरूलाई त्रिशंकु विधानसभा भयो भने राजनीति सम्हाल्नू भनी स्पष्ट रूपमा निर्देशन दिइएको थियो । हंग पार्लियामेन्टको संकेत पाउनेबित्तिकै यी दुवै नेताले समय नगुमाइकनै जनता दल सेक्युलरका कुमारास्वामीलाई मुख्यमन्त्रीको पद अफर गर्दै गठबन्धन सरकार बनाउन प्रयास गरे । 

भाजपा बहुमतभन्दा जम्मा सात सीट पछाडि थियो । अनि उसले कांग्रेस र जेडीएसका विधायकहरूलाई आफूतिर ल्याउन खाज्यो । त्यसपछि कांग्रेसका दुई नेताले राज्यपाल र भाजपाविरुद्ध मर्डर अफ डेमोक्रेसी अभियान चलाएर जनमत आफूतिर पार्न सफल भए । उनीहरूले भाजपामाथि लगातार दबाब राखे । 

कर्नाटकका कांग्रेस नेता डीके शिवकुमारले ईगलटन रिजोर्टमा कांग्रेसका विधायकहरूलाई सुरक्षित राखिरहे । 

सर्वोच्च अदालतको हस्तक्षेपका कारण येदियुरप्पा सरकारलाई बहुमत सिद्ध गर्नका लागि कम समय प्राप्त भयो र अदालतले पूरै प्रक्रियामा पारदर्शिता हुनुपर्ने बतायो । अदालतको यो निर्णयका लागि कांग्रेस नेता तथा अधिवक्ता अभिषेक मनु सिंघवीको प्रमुख भूमिका रह्यो । उनले नै कर्नाटकका राज्यपालको निर्णयविरुद्ध आधा रातमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याए ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x