×

NMB BANK
NIC ASIA

ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी

जेठ ६, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

ताप्लेजुङ, ६ जेठ – स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । 

यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ । यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै उनीहरुले नै विवाद निकालेपछि गाउँपालिकाले छलफल गरेर अहिले निर्माण भइरहेकै ठाउँ (बस्तीको दायाँ भाग) बाट अघि बढाउने गरी सहमति गराएको थियो । 

आयोजनाअन्तर्गत ट्र्याक खोल्न बाँकी तापेथोकदेखि ओलाङचुङगोलासम्मको खण्डमा केही महिनाअघि देखि निर्माण कार्य भइरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध पु¥याएको र उनीहरुसँग समन्वयको प्रयास भइरहेको लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले र यसअघि पनि सहमति जनाइसकेकाले अब सानातिना विवादले काम नरोकिने उहाँको भनाइ थियो । 

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बस्तीबाट बाटो लाने वा नलाने बारे स्थानीयवासी नै विभाजित भएको भन्दै सहमति गराउनेतर्फ प्रयास भइरहेको बताउनुभयो । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा डुलोजर लगाएर काम अघि बढाइरहेको छ । ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 

ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ 

गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । 

ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो । 

“बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन”, ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भन्नुभयो । बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारी दुर्घटना हुने गरेका छन् । 
हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन् । ग्रामीण क्षेत्रमा सवारी साधन चलाउँदै आउनुभएका एक चालकले भन्नुभयो, “बर्षा शुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ ।” 

कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपरेको उल्लेख गर्दैै उहाँले भन्नुभयो, “कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ। ” 
यसरी बर्षेनी चालक तथा यात्रुले वर्षाभर दुःख पाउने गरेका छन् । यो वर्ष पनि बर्षा लागेसँगै जिल्लाका कच्ची सडकमा यातायातमा कठिनाइ हुन थालेको छ । कतिपय ठाउँमा स्तरोन्नतिका लागि हिउँदमा भत्काइएका सडक निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ । पाथीभरा जाने सुकेटारदेखि भालुगौँडेसम्मको नौ किलोमिटर मध्येको आधाजसो सडक समयमा मर्मत नहुँदा तीर्थयात्रीको बिजोग नै हुने गरेको छ । –सन्तोष पुर्कुटी/रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x