मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
विराटनगर, ६ जेठ– जेठको उखरमाउलो गर्मीले आक्रान्त देखिन्छ विराटनगर । काठमाडौंको जस्तै जताततै खनिएको सडकबाट बग्रेल्ती उड्ने धूलोले वातावरण झन् उकुसमुकुस बनाइदिएको छ ।
यस्तो अवस्थामा शायदै कोही विराटनगर जान रुचाउलान् । तर अवस्था त्यस्तो छैन । प्रचण्ड गर्मी र बुङबुङ्ती उड्ने धूलोका बीच पनि मानिस विराटनगर धाइरहेका छन् । काठमाडौंबाट विराटनगरका लागि उड्ने हरेकजसो जहाजमा भरिभराउ यात्रु हुन्छन् । विराटनगर गन्तव्य भएर चल्ने बसदेखि माइक्रो बससम्मले यात्रुको प्रतीक्षामा हाई काढ्नुपर्ने अवस्था छैन ।
अचम्म मान्नुपर्ने कारण नहोला, अहिले साढे ३३ किलो सुनकाण्डले विराटनगरको ‘व्यापार’ बढाइदिएको छ । सुन तस्कर भनेर मुद्दा खेपिरहेका अभियुक्तदेखि उनीहरूका आफन्त, अभियुक्तका पक्षमा बहस गर्ने वकिल, बहसको समाचार संकलन गर्ने सञ्चारकर्मीदेखि घटनाको अनुसन्धान गर्ने अधिकारीसम्म विराटनगरकेन्द्रित भएका छन् ।
विराटनगरका तारेदेखि ‘झारे’ होटेलमा सुनसँग जोडिएका मान्छे गेस्ट बनेर बसेका छन् । जुन चोकमा पुगेपनि ‘सुन’ बाहेक अन्य विषयमा भएको बहस सुन्न पाइँदैन ।
साढे ३३ किलो सुन कहाँ छ ?
गत शुक्रवार बिहान विराटनगरस्थित जिल्ला अदालत मोरङ परिसरमा पुग्दा सुनकाण्डमा पक्राउ परेका ३० जना अभियुक्तको थुनछेक बहस चल्दै थियो । अदालत बाहिर भने अभियुक्तका आफन्तहरू अलग्गै बहसमा जुटेका थिए ।
‘अब सरकारले साढे ३३ किलो सुन कहाँबाट ल्याउँछ त ?’ बहसको बीचमा झ्याप्प दाह्री पालेका एक युवक बोले ।
‘अब सुन पाइँदैन भाइ, गोरेले सुन बेचेर पैसा पनि पचाइसक्यो । बजारमा पुगिसकेको सुन खोजेर पाइन्छ ?’ क्लीन सेभ गरेका एक अर्का अधबैंसे पुरुषले जवाफ फर्काए ।
उनीहरूको बहस सुन गोरेले नै बेचिसकेको भन्ने विषयमा केन्द्रित थियो भने अदालतको बहसमा अभियुक्त पक्षका वकिलहरू सुनकाण्ड काल्पनिक कथा मात्रै भएको दाबी गरिरहेका थिए ।
सुनकाण्डको छानबिनमा रहेका एक प्रहरी अधिकारीले पनि सुन चूडामणि उप्रेती (गोरे)ले नै बेचिसकेको निष्कर्षमा पुगेको जानकारी लोकान्तरलाई दिए । तर उनले अाफ्नाे परिचय खुलाउन चाहेनन् ।
‘माघ ९ गते साढे ३३ किलो सुन आयो । गोरेले आफ्ना मान्छे प्रयोग गरेर सुन बेपत्ता पारे । पछि बजारमा बिक्री गरे,’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
मोरङ जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीले पनि नाम उल्लेख नगर्ने सर्तमा सुन गोरेले नै बिक्री गरिसकेको विषय अनुसन्धानबाट पत्ता लागेको बताए ।
काभ्रेको जंगलमा गोरेलाई यातना !
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रियबाट भित्रिएको साढे ३३ किलो सुन सोही दिन बेपत्ता भएको भनियो । सुन बेपत्ता भएको भनिएको करीब १५ दिनपछि सुन खोजीको ‘नाटक’ शुरु भयो, गोरेकै सक्रियतामा ।
माघ ९ गते सुन हराएपछि सुनमा लगानी गर्ने समूहले गोरेलाई यातना दिन थाल्यो । प्रहरीका अनुसार, सुनमा लगानी गर्नेहरू मोहन अग्रवाल लगायत थिए । गोरे ‘म्यानेजर’को भूमिकामा थिए । उनले प्रहरी, भन्सार र अध्यागमनमा सेटिङ मिलाउँथे भने डा. डेविट भन्ने छिरिङ वाङ्गेल घलेले राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको सहयोगमा नेताहरूसँग सेटिङ मिलाउँथे ।
साढे ३३ किलो सुन नेपाल आउँदा (माघ ९) गते गोरे भारतको कलकत्ता गएका थिए । जब गोरे कलकत्ताबाट फर्किए, हराएको भनिएको सुनको व्यापक खोजी थालियो ।
साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको समितिले गरेको अनुसन्धानबाट सुन बेपत्ता भएपछि गोरेले समेत यातना पाएको पत्ता लागेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सुन हराएको नौ दिनपछि गोरे कलकत्ताबाट नेपाल आएका थिए । त्यसको भोलिपल्ट गोरेलाई काभ्रेको जंगलमा यातना दिइएको ती अधिकारी बताउँछन् ।
‘यातना पाएपछि गोरेले म जसरी पनि सुन खोज्छु भन्ने वाचा गरे । अनि उनले सुन खोज्ने नाटक शुरु गरे,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘गोरेले सनम शाक्य लगायतलाई नियन्त्रणमा लिएर यातना दिने र त्यसको भिडियो बनाएर आफूभन्दा माथिल्लो निकायलाई पेश गर्ने गर्थे ।’
नाटक रच्दा रच्दै मारिए सनम
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गोरेले आफू मातहत काम गर्ने व्यक्तिलाई नै यातना दिएर सुनका लगानीकर्तालाई सुन हराएको विश्वास दिलाउन चाहन्थे । त्यसका लागि उनी आफ्नै ‘क्याडर’लाई हदैसम्मको यातना दिन्थे । तर त्यही यातनाको बीचमा सनमको मृत्यु हुन पुग्यो ।
सनमभन्दा अगाडि त्रिभुवन विमानस्थलमा थाई एयरवेजमा काम गर्ने सानु वन मारिएका थिए । वनका छोरा पविनले भने बुवाको साथीसँग कारोबारको कुरा नमिल्दा मृत्यु भएको बयान दिएका छन् ।
अनुसन्धान समितिका अधिकारी सानु वनको मृत्युभित्र धेरै रहस्य लुगेको बताउँछन् । ‘सुन वास्तवमा कहाँ थियो भन्ने कुरा गोरे र सानु वनलाई मात्रै थाहा थियो,’ ती अधिकारी भन्छन्, ‘सानु वनले आत्महत्या गरेपछि त्यो रहस्यमै रह्यो ।’
सुन हराएको भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभी फूटेज अध्ययन गरेका ती अधिकारीका अनुसार, सीसीटीभीको दृश्यमा सानु वन हवाई इन्धन बोक्ने ट्याङ्करमा ठोक्किन गएको देखिन्छ । त्यसकारण छानबिन समितिले पनि वनको मृत्युलाई ‘आत्महत्या’ भएको ठहर गरेको छ ।
हिरासतमा मृत भेटिएका चौधरीको हत्या कि आत्महत्या ?
चैत ३० गते (शुक्रवार) बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका प्रेमलाल चौधरी हिरासतमै मृत अवस्थामा फेला परे ।
सुन प्रकरणको अनुसन्धान गर्न गठित टोलीले अघिल्लो दिन चैत २९ गते (बिहीवार) पक्राउ गरेका चौधरीको हिरासतमै रहेको अवस्थामा मृत्यु हुन्छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका अधिकारीले चौधरीले आफैंले लगाएको ट्र्याक सूटको पासो लगाएको भनेर सञ्चारमाध्यममा सूचना टिपाए । तर अनुसन्धानमा संलग्न गृह मन्त्रालयका अधिकारी भने चौधरीलाई बेहोश अवस्थामा शौचालयमा फेला पारिएको र उपचारका लागि वीर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको बताउँछन् ।
नेपाल वायुसेवा निगमको लोडरका रूपमा कार्यरत चौधरी पनि विमानस्थलबाट सुन बाहिर ल्याउने भूमिकामा सक्रिय रहेको पाइएको अनुसन्धान समितिका अधिकारी बताउँछन् । तर समितिले उनको मृत्युलाई भने आत्महत्या भनेर ‘ढाकछोप’ गरेको छ ।
उनले के कारणले आत्महत्या गरे भन्ने विषय पनि सार्वजनिक भएको छैन । उनको शवको पोस्टमार्टम गरिएको भनिएपनि पोस्टमार्टम रिपोर्ट गोप्य राखिएको छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...