×

NMB BANK
NIC ASIA

भोलिदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने, सोमबार नै पाकिङस्थलको समेत उद्घाटन

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ६ जेठ– यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । 

यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो । 

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । 

एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो । 

हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो । 

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिनुभएको थियो । 

मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसक्नुभएको छ । 

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिकलगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तक्र्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्तदुरुस्त बनाउन यसअघि नै आग्रह गरिसक्नुभएको छ । 

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिएको छ । त्यसका लागि अध्यागमन, सुरक्षाकर्मी, ग्राउण्ड ह्यान्डलिङलगायतमा समेत थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधासमेत बढोत्तरी गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल सञ्चालनको अवधि थपिएको र त्यसका लागि प्राधिकरणका तर्फबाट आवश्यक तयारी सम्पन्न भएको बताउनुहुन्छ । 

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सबै तयारी सकिएको प्राधिकरणले जनाएको छ । 

हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै कार्य समयमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग हाल २५० एटिसी छन् । 

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दाबढी उडान भर्दै आएका छन् । 

दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी एवं निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् । सन् १९५० देखि उडान तथा अवतरण शुरु गरेको विमानस्थललाई सन् १९६४ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नामाकरण गरिएको थियो । 

सहज छैन व्यवस्थापन 

सरकारले विमानस्थल सञ्चालनको समय बढाए पनि व्यावहारिक कार्यान्वयनका क्रममा आइपर्ने समस्यासँग जुध्नका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने जानकारको टिप्पणी छ । 

अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासका आधारमा संवेदनशील उड्डयन क्षेत्रलाई सुरक्षित भरपर्दो बनाउँदै जनशक्ति व्यवस्थापनको पक्षलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । 

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली भन्नुहुन्छ, “नीतिगतरुपमा २१ घण्टा विमानस्थल सञ्चालन गर्ने विषय ठीक छ । तर कार्यान्वयनको योजना के कसरी बनाइएको छ र मन्त्रालय तथा प्राधिकरणले जनशक्ति व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गरेको छ । सोही आधारमा सञ्चालनको अवस्था निक्र्योल गर्नु पर्दछ ।” 

शुरुमा दैनिक १२ घण्टामात्रै सञ्चालनमा रहेको विमानस्थल नेपाल वायु सेवा निगमले ठूला जहाज ल्याएपछि करीब २२ वर्षपछि नियमित १८ घण्टा सञ्चालनमा ल्याइएको दलीको भनाइ छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको अभ्यासअनुसार दैनिक तीनसत्रमा आठ÷आठ घण्टाका दरले कर्मचारी व्यवस्थापन गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने दैनिक बिहान र बेलुका गरी छ÷छ घण्टा मात्रै कार्य समय तोकिएको छ । 

विमानस्थलका पूर्वमहाप्रबन्धक देवानन्द उपाध्यायले साधन र स्रोत वृद्धि गरेर यात्रुलाई सेवा दिने तवरले नै काम गर्नुपर्ने टिप्पणी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “२१ घण्टा विमानस्थल सञ्चालन कुनै समस्या छैन ।” भूकम्प र टर्किस एयरको जहाज दुर्घटनाको समयमासमेत चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिएको थियो । पूर्वाधारको विस्तार, कर्मचारीको क्षमतामा अभिवृद्धि तथा सञ्चालन क्षमतामा समेत बढोत्तरी गर्नुपर्ने उपाध्यायको भनाइ छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री विमानस्थल सञ्चालनको कार्य समय बढाउने सन्दर्भमा सबै तयारी भइसकेको बताउनुहुन्छ । उहाँले अध्यागमन, भन्सार, सुरक्षा निकायलेसमेत सेवा विस्तारलाई स्वागत गर्दै आवश्यक समन्वयन गर्ने वचन दिइसकेको जानकारी दिनुभयो । 

विमानस्थल प्रस्थान गर्ने मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश गर्नमात्रै दिइनेछ भने बाहिरिनका लागि सिनामंगलतर्फ निर्माण भएको नयाँ गेट प्रयोग गर्नुपर्नेछ । सोमबार नै सो गेट तथा पाकिङस्थलको समेत उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै अग्नि नियन्त्रणका लागि ‘कमाण्ड कार’ समेत सञ्चालनमा ल्याउने तयारी छ । 

मालसामान जाँचका लागि ‘सेक्युरिटी स्क्रिन प्रणाली’ सञ्चालनमा ल्याउन लागिएको छ । –रमेश लम्साल/सिबी अधिकारी, रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x