×

NMB BANK
NIC ASIA

सिन्डिकेट खारेज गरिएपनि समस्या उस्तै, राजधानीमै लामो दूरीका सवारी साधन पाउन मुस्किल

जेठ ६, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौँ, ६ जेठ -यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नसक्दा सडकमा सवारी साधन पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ । 

विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन कुनै काम नगरेको सडकमा सवारी साधन कुरिरहनुभएका रामचन्द्र सिम्खडाले बताउनुभयो । सरकारले एकाधिकार हटाएपछि काठमाडौँमै सवारी साधन पाउन नसकिएको उहाँको भनाइ छ । 

यातायात समिति खारेजीमा परेपछि समयसारिणी बन्द भएको छ । यसअघि समितिले राखेका कर्मचारीले समयसमयमा सवारी साधन गुडाउने गरेका थिए । हाल काठमाडौँका छोटो मार्गमा सवारी साधन पर्याप्त पाइन्छ । लामो मार्गमा भने सवारी साधन पाउन घण्टौँ कुर्नुपर्छ । बिहान बेलुकीको समय तालिकासमेत छैन । यसका कारण बिहानै चाँडो र बेलुकी अबेरसम्म त सवारी नपाएर हिँड्नु परेको दक्षिणकालीकी यात्रु रश्मिला पौडेल बताउनुहुन्छ । 

सार्वजनिक यातायात सुधारका पक्षमा आवाज उठाउँदै आउनुभएका रामबहादुर थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेपछि समस्या भएको बताउनुहुन्छ । “यातायात एकाधिकार (सिन्डिकेट) लाई निरन्तरता दिन महानिर्देशकको सरुवा गरिएको हो, अन्यथा सुधारका पक्षमा काम गरेर सार्वजनिकरुपमा स्याबासी पाउनुभएका महानिर्देशकको सरुवा किन गरियो ?”, उहाँले भन्नुभयो । 

यातायात व्यवस्था कार्यालयले ‘रुट परमिट’ दिए बाहेकका स्थानमा पनि पछिल्लो समय सवारी साधन चल्न थालेका छन् । यसको अनुगमन गर्न नसकिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताउनुभयो । यस्ता गुनासा आउन थालेकाले अनुगमन गर्ने तयारी भएको उहाँले सुनाउनुभयो । 

मन्त्रालयले गठन गर्ने भनी सार्वजनिक गरिएको कार्यदलले प्रतिवेदन दिएपछि यातायात क्षेत्रका धेरै समस्या समाधान हुने विभागले जनाएको छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x