×

NMB BANK
NIC ASIA

तलब माग्दा शरीर टुक्राटुक्रा पारेर फालियो

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ – भारतको दिल्लीमा एक घरेलु कामदारलाई मासिक तलब माग्दा हत्या गरिएको छ । उनको टुक्राटुक्रा भएको शरीरका भागहरू एउटा नालीमा भेटिएका थिए । 

प्रहरीले मञ्जीत कार्केटा नामक एक व्यक्तिलाई यस सन्दर्भमा पक्राउ गरेको छ । 

कार्केटासहितका चार हत्याराहरूले मृतक सोनी कुमारीलाई मारेर उनको शरीरको १२ टुक्रा बनाएर फ्याँकेका थिए । 

झारखण्डको राँचीनजिकको एक गाउँमा बस्ने मृतकलाई महिनाको भारु ६ हजार ५०० दिने भन्दै घरेलु कामदारका रूपमा राखिएको थियो । तर दिल्लीमा तीन वर्ष काम गरुन्जेल उनले एक पैसा पनि पाइनन् । उनलाई दक्षिणी दिल्लीमा
रहेको एक व्यापारीको घरमा पूर्णकालीन काम गर्नका लागि राखिएको थियो । 

‘काम लगाउनेले त उनलाई मासिक तलब दिइरहेका थिए तर उनलाई दिल्ली ल्याउने मानिसले चाहिँ त्यो पैसा आफैंसँग राख्ने गरेका थिए,’ प्रहरी अधिकारी राजेन्दर सिंह सागरले बताए । 

बालिकाका पिता वर्षौंअघि बितिसकेका थिए । कुमारी आफ्नी आमा र दुई दाजुभाइसँग माल्गो गाउँमा बस्थिन् । तीन वर्षअघि उनलाई राम्रो तलब दिने आश्वासन दिँदै दिल्ली ल्याइएको थियो । 

दिल्लीमा एक वर्ष काम गरेपछि कुमारीले पैसा दिनुपर्ने अनि घर पठाउनुपर्ने माग राख्न थालिन् । 

‘केही हप्तायता उनी लगातार माग राखिरहेकी थिइन् । कार्केटा र उनका सहयोगीहरूले उनलाई दुई लाखभन्दा बढी तिर्नुपर्ने थियो । प्रहरीलाई बालिकाले खबर गर्लिन् भनी उनीहरू डराए । त्यसैले उनीहरूले कुमारीलाई मार्ने योजना
बनाए,’ प्रहरी अधिकारीले बताए । 

तीन हप्ताअघि उनीहरूले उनलाई घर फर्काइदिने बहानामा मालिकको घरबाहिर लगे । अनि उनीहरूले उनलाई नाङ्लोइ लगे ।

‘हत्याराहरूले पहिला उनको टाउकोमा हिर्काए । त्यसपछि उनीहरूले उनको घाँटी छिनाए अनि हातगोडा काटिदिए । त्यसपछि उनीहरूले शरीरका टुक्रा झोलामा राखेर मियानवालीको एक नालीमा फ्याँके,’ प्रहरीले बतायो ।

प्रहरीले लामो खोजपछि कार्केटालाई समात्यो । अन्य आरोपितहरूको खोजी जारी छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x