×

NMB BANK
NIC ASIA

ठेकेदारलाई गृहमन्त्री बादलको चेतावनी, नसच्चिने भए कारबाही भोग्न तयार हुनुहोस्

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माण क्षेत्रमा ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । 

Muktinath Bank

आज (सोमवार) गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डका सदस्यलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिगतमा जे–जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्,’ गृहमन्त्री बादलले भने, ‘सरकारले अब ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’


Advertisment
Nabil box
Kumari

निर्माण व्यवसायीहरुले हरेक कामका लागि सरकारी कर्मचारीलाई घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री बादलले अब त्यस्तो रकम नदिन व्यवसायीलाई सुझाव दिए । 

Vianet communication
Laxmi Bank

‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस् । उनीहरुलाई तत्कालै जेल हाल्छौं,’ गृहमन्त्री बादलले भने । 

उनले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखे उनीहरुलाई पनि कारबाही गरीने स्पष्ट पारे । 

विगतमा मन्त्री, कर्मचारीदेखि ठेकेदारसम्मको मिलेमतोमा यस्ता गलत कार्य ढाकछोप हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्वीकार्य नहुने गृहमन्त्रीको भनाइ थियो । 

उनले बिभिन्न पार्टी तथा संगठनका नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गरे । मन्त्री बादलले जबरजस्ती चन्दा माग्नेहरुको विवरण गृह मन्त्रालयलाई दिन पनि आग्रह गरे । 

व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री बादलले भने, ‘तपाईंहरुले पनि इमान्दारिताका साथ कानून र नियमसँगत काम गर्नु पर्यो ।’

मन्त्री थापाले सार्वजनिक खरिद ऐनका कारण समेत निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै  आवश्यकता अनुसार ऐन संसोधन गरीने समेत जानकारी दिए । 

विकास निर्माण कमसल हुने गरेको उल्लेख गर्दै गृहमन्त्रीले व्यवसायीलाई भने, ‘मिलेमतोमा सिमेण्ट र बालुवा १÷३ भाग मिलाउनुपर्ने ठाउँमा १÷१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस् ।’

निर्माण व्यवसायीहरुले आवश्यकताअनुसार बालुवा, गिट्टी नपाइने, फलामे डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण  आफूहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो गृह मन्त्रीसँग राखेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x