×

NMB BANK
NIC ASIA

कांग्रेसको नजरमा वाम सरकार नीति तथा कार्यक्रम : असल निबन्ध मात्रै

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ जेठ–  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आव २०७५/७६ को नीति तथा कार्याक्रमलाई असल निबन्धको संज्ञा दिएको छ । 

राष्ट्र विद्यादेवी भण्डारीले संघीय संसद्मा आज प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रम असल निबन्धको रुपमा आएको छ ।” 

सोही पार्टीका नेता प्रदीप गिरीले नीति तथा कार्यक्रमले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै श्रम समस्या सम्बोधन गर्ने स्पष्ट खाका नभएको र धेरै पृष्ठ र पुरानै शैलीको देखिएको टिप्पणी गर्नुभयो । 

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले समग्रमा नीति तथा कार्यक्रमलाई आफूले सकारात्मक रुपमै ग्रहण गरे पनि दुई अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार नदेखिएको धारणा व्यक्त गर्नुभयो । संघीयताका विषयमा नीति तथा कार्यक्रममा आवश्यक जोड नपुगेको तथा संविधान संशोधन गरेर पूर्णता दिने विषय नमेटिएको प्रतिक्रिया उहाँले दिनुभयो । 

सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले सरकारको विकास र समृद्धिको नारालाई मूर्तरुप दिन नीति तथा कार्यक्रमलाई गाउँतहसम्म कार्यान्वयन गरेर लैजानुपर्छ भन्नुभयो । 


पूर्वअर्थमन्त्री शंकर कोइरालाले मुलुकको प्राथमिकताको कार्यसूची र पूर्वधारलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम समग्रमा सन्तुलित नै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै कार्यक्रमले निरन्तरता पाएको छ, केही दृष्टिकोणका कुरा समेटिएको छ, निजी क्षेत्रलाई भने आवश्यक रुपमा विश्वासमा लिने कार्यक्रम कम देखिएको छ ।” 

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरसर्ती हेर्दा नीति तथा कार्यक्रममा सबै कुरा आएको देखिए पनि कार्यान्वयनले नै सबै कुरा निर्धारण गर्ने उल्लेख गर्दै संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा नदेखिनुले यो पूर्ण नभएको टिप्पणी गर्नुभयो । सोही पार्टीका नेता लक्ष्मणलाल कर्णले तराई–मधेशका आवश्यकता र विगतका आन्दोलनसँग जोडिएका मुद्दा फिर्तासम्बन्धी विषय लामो दस्तावेजमा नपर्नु दुर्भाग्य भएको बताउनुभयो । 

संघीय समाजवादी फोरम नेपालका नेता हरिनायण रौनियारले मधेशको प्राथमिकता र संविधान संशोधनको विषय नसमेटिएको तथा नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको प्रतिक्रिया दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीति तथा कार्यक्रमले समग्रमा विषयलाई समेटेको हुँदा कार्यान्वयनमा निजी क्षेत्रबाट सकारात्मक ढङ्गबाट पूर्ण सहयोग हुने बताउनुभयो । “नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी, प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउने लगायत विषयलाई समावेश गरिएको छ, जुन आफैँमा सकारात्मक छ ”, अध्यक्ष शर्माले भन्नुभयो ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x