चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
जेठ ८, २०७५
विराटनगर, ८ जेठ– विराटनगर भन्सार कार्यालयले डेढ महिना अघिदेखि ९ बजेपछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भन्सारमा अन्तिम समयमा हुने भिडभाड कम गर्न गरिएको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारी बाधक बनेको व्यापारीले आरोप लगाएका छन् ।
भन्सार कार्यालयले भने व्यापारीको बानी नै ढिलो गर्ने लागेको कारण उक्त निर्णय लागू गर्न नसकिएको बताउँछ । विराटनगर भन्सार कार्यालय आसपासको क्षेत्रमा भिडभाड र ट्राफिक जाम बढेको छ ।
भन्सार कार्यालयको यार्ड सानो हुँदा मालबहाक ट्रक र सवारी साधन भन्सार कार्यालयदेखि विराटनगर जुटमिलको खाली जग्गासम्म लाम लागेका छन् । भन्सार कार्यालयले यस्तो चाप हटाउन बिहान ९ बजे नै पहिलो चरणमा गाडीको चेकजाँच सक्ने र पुन: दिउँसो दास्रो चरणमा चेकजाँच गर्दा भिडभाड हट्ने अपेक्षा सहित ९ बजे देखि नै कार्यालय खोल्न थालेका थिए ।
उक्त निर्णय कार्यान्वयन हुन अझै सकेको छैन । भन्सार कार्यालयले व्यापारीको बानीको सुधार नआएसम्म उक्त निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकाले आवश्यक छलफल र परामर्श गरिरहेको जनाएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले सो निर्णय कार्यान्वयनमा व्यापारी नै बाधक भएको बताई रहँदा व्यापारी भने भन्सारकै ढिलासुस्तीले यस्तो भएको बताउँछन् ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले क्लीयरिङ एजेन्ट नआएका कारण भन्दापनि भन्सार कार्यालयकै कारण सो निर्णय कार्यान्वयनमा ढिलाई भएको बताए । भन्सार कार्यालयकोे परम्परागत सोचका कारण समस्या आएको उनको भनाई छ ।
व्यापार संघका अध्यक्ष सारडाले भिडभाड हटाउनका लागि एकीकृत जाँच चौकी ९आईसीपी० निर्माणमा तदारुकता अपनाउनु पर्नेमा जोड दिए ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...